Logo

८२ स्थानमा एमाले बिजयी, कांग्रेस ६५ र माओवादीले २३ ठाउँमा जित्यो

८२ स्थानमा एमाले बिजयी, कांग्रेस ६५ र माओवादीले २३ ठाउँमा जित्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार एमालेले ८२ स्थानमा जीत हासिल गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले ८२ स्थानमा जित्दा कांग्रेस ६५ स्थानमा बिजय भएको छ ।

यसैगरी माओवादी केन्द्रले हालसम्म २३ स्थानमा बिजय हासिल गरेको हो । यसैगरी फोरम नयाँ शक्तिले १ स्थानीय तहमा जीत हासिल गरेको छ । हालसम्मको परिणम अनुसार दुबै पार्टीको अग्रस्थानमा पनि बराबर रहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले ५१ र एमालेले ५१ स्थानमा अग्रता कायम राखेको छ ।

यसैगरी माओवादी केन्द्रले ११ स्थानमा अग्रता लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा अग्रता लिएको छ । नयाँ शक्ति फोरमले २, फोरम लोकतान्त्रिकले ५ र स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL