Logo

एमाले १५ स्थानमा बिजयी, कांग्रेसको ११ र माओबादीको ७ ठाउँमा जित

एमाले १५ स्थानमा बिजयी, कांग्रेसको ११ र माओबादीको ७ ठाउँमा जित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्र स्थान  ओगटेको छ । स्थानीय निकायको दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा नेकपा एमालेले १५ स्थानमा जीत हात पारेको हो ।

त्यस्तै नेपाली कांग्रेसले ११ स्थानमा आफ्नो जीत सुनिश्चित गरेको हो । हालसम्मको तथ्याङ्क अनुसार माओवादी केन्द्र ७ स्थनमा बिजयी भएको छ । शुरु देखि नै अग्रता लिएको एमाले लाई पछि पार्दै नेपाली कांग्रेसले सबैभन्दा बढी स्थामा अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ८४ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै एमालेले ८३ र माओबादी केन्द्रले २६ स्थानमा अग्रता लिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ स्थान र मा अग्रता लिदा फोरम–नयाँ शक्तिले ३ स्थानमा अग्रता कायम राखेको छ । त्यस्तै फोरम लोकतान्त्रिकको ५ र स्वतन्त्रले ४ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL