Logo

४ स्थानमा नेपाली कांग्रेसको जित, एमाले ३ र माओवादी १ स्थानमा बिजयी

४ स्थानमा नेपाली कांग्रेसको जित, एमाले ३ र माओवादी १ स्थानमा बिजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अगाढी देखिएको छ । मत परिणाम अनुसार कांग्रेसले ४ स्थानमा बिजय हासिल गरेको छ । कांग्रेसले ४ स्थानमा जित्दा एमालेले ३ र माओवादी केन्द्रले भने १ स्थानमा मात्र विजय प्राप्त गरेको हो ।

पछिल्लो पटक सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी अग्र स्थानमा एमालेले रहेको छ । एमालेले हालसम्म १ सय १८ स्थानमा अग्रता कायम राखेको छ । यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १ सय ८ स्थानमा अग्रता कायम राखेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहन सफल भएको छ । माओवादीले हालसम्मा ४० स्थानमा आफ्नो अग्रता कायम राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ स्थानमा अग्रता लिदा फोरम नयाँ शक्तिले ५ स्थानमा अग्रता कायम राखेको छ ।

पछिल्लो समय फोरम लोकतान्त्रिकले ६ स्थानमा अग्रता लिएको छ भने स्वतन्त्र उम्मेदवारले ४ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL