Logo

अख्तियारले माग्यो चुडामणि शर्मासँग ३ अर्ब धरौटी

अख्तियारले माग्यो चुडामणि शर्मासँग ३ अर्ब धरौटी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडामणि शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी माग गरेको छ । कर फस्र्यौट आयोगमार्फत राजस्व मिनाहा दिएको आरोपमा हिरासतमा रहेका आन्तरिक राजस्व अनुसन्धान विभागका तत्कालिन महानिर्देशक शर्मालाई धरौटीमा छाड्न अख्तियारले ३ अर्ब रुपैयाँ माग गरेको हो ।
हाल हिरासतमा रहेको चुडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब रुपैयाँ धरौटी माग गरेको छ ।

आयोगमार्फत अर्बौ रुपैयाँ छुट दिएको आरोपमा अख्तियारले गत जेठ १९ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अख्तियारले शर्मासँग माग गरेको यो धरौटी रकम अहिलेसम्मकै ठूलो हो । यो हासम्मकै ठूलो घोटाला भएको हुनाले धरौटीमा छाड्नका लागि पनि सोही अनुरुप धरौटी रकम माग गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अहिले कर पस्र्यौट आयोगको अनुसन्धान अन्तिम चरणमा पुग्न लागेको र केही समयभित्रै शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर अख्तियार स्रोतको भनाइ छ । हाल अख्तियारले पटक पटक म्याद थप शर्मासँग अनुसन्धान गर्दै आएको छ ।

आयोगले कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज (एलडी) महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि आउन पत्राचार गरेको थियो । तर, उनीहरु नआएपछि पक्राउ पूर्जी काटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL