Logo

‘अल्फोन्सो म्याङ्गो’ : कोकाकोला जोडिएको अभियानले यसरी फेर्दैछ आँपको अर्थशास्त्र

‘अल्फोन्सो म्याङ्गो’ : कोकाकोला जोडिएको अभियानले यसरी फेर्दैछ आँपको अर्थशास्त्र


बिजखबर संवाददाता
0
Shares

समय परिवर्तन भइरहेको छ, आँपका रुखपनि । सुन्दा पनि अचम्म लाग्छ, अहिले जम्मा ६ फिट अग्लामात्र आँपका रुख हुन्छन् । सामान्य आँपका रुख प्रायः ३० देखि ४० फिटका हुन्छन् ।

धन्यवाद ती कृषिका अनुसन्धातालाई, जसले आँपको रुखको अग्लाई नियन्त्रण गर्ने प्रविधि विकास गरिदिए । आन्ध्र प्रदेशको चिट्टोरमा रहेको आँपको फार्ममा ठूलो सङ्ख्यामा आँप जमिनको सतह नजिकै झुण्डिरहेका छन् । कति त माटोमै लत्रिएका पनि छन् । साना साना आँपका रुख यसो हेर्दा कुनै चिया बगान जस्तो लाग्छ । तर यो ठूला रुखलाई छोट्याइने जापानी बोन्साई प्रविधि भने होइन ।

जब कोहि पहिलो पटक यस्तो आँपको फार्म घुम्न आउँछन् र यसको ढिलो उत्पादन देख्छन् उनीहरुलाई धेरै कुरा विश्वास नै नलाग्ने फार्म सञ्चालक बताउँछन् । यस्तो फार्म देखेपछि तत्काल उनीहरुको प्रश्न हुन्छ , के यो आँपलाई केहि गरिएको हो ? के यो खानको लागि सुरक्षित छ ?

चिट्टोरको फार्ममा दुई किसिमका आँपको विकास भइरहेको छ । टोटापुरी र अल्फोन्सो । यो प्रविधि विकास गर्नेहरुको भनाइ छ कि यो खानका लागि अरु सामान्य आँपको रुख जत्तिकै सुरक्षित छ तर केहि कम गुलियो हुन सक्छ । यी आँपका रुख छोटो हुनु पछाडीको रहस्य ‘अल्ट्राहाइ डेन्सिटी’ प्रविधि हो । यो प्रविधि अनुसार आँप लगाइएको क्षेत्रमा पानी र जमिनको प्रयोग पनि कम हुन्छ र आँप उत्पादन हुने समय पनि कम लाग्छ ।

‘यो प्रविधि अनुसार आँपका रुख ४×२ मिटरको फरकमा रोपिन्छन् । आँपबीचको दुरी दुई मिटर हुन्छ । परम्परागत आँपमा यहिं दुरी १० ×१० मिटर हुन्छ’ यो प्रविधि तयार गरेको कम्पनीले जनाएको छ ।

परम्परागत रुपमा हुर्काइने आँपको तुलनामा यस किसिमका प्रविधिबाट हुर्काइने आँपले ओगट्ने क्षेत्रफल अलि साँघुरो हुन्छ । भारतभर प्रति एकड क्षेत्रफलमा उत्पादन हुने आँप भनेको बढीमा तीन टन हो । तर यो नयाँ प्रविधि अनुसार आँपको उत्पादन प्रति एकड क्षेत्रफलमा निकै बढ्छ ।

यसका रुखहरु किन पनि साना हुन्छन् भने प्रत्येक बर्ष खासगरी अप्रिल मेतिर जब आँप रुखबाट टिपिन्छ त्यसपछि यसका काम नलाग्ने हाँगाहरु काटेर फालिन्छ ।

साना किसानका लागि वरदान

‘यो प्रविधि अनुसार आँपका लागि आवश्यक मात्र पानी दिइन्छ । यसबाट आँप उत्पादन हुन बढीमा तीन बर्ष लाग्छ जुन् अन्य सामान्य आँपको रुखमा करिब १० बर्षको समय हुन्छ’ भेल्मुरुगान कम्पनीको भनाइ छ । यहाँबाट उत्पादित आँप स्थानीय रुपमा जुस बनाउनेदेखि कोकाकोला जस्ता ठूला कम्पनीसम्म पुर्याइन्छ जसले प्रसिद्ध ‘माजा’ भन्ने आँपको जुस उत्पादनका लागि प्रयोग गर्छ ।

यो प्रविधिलाई संयुक्त रुपमा ‘उन्नती’ भनेर अभियानका रुपमा अघि बढाइएको छ । कोकाकोला इण्डियाका अनुसार यो प्रविधिले स्थानीय साना किसानको जीवनयापन सहज बनाउनेदेखि ठूलो मात्रामा आँप उत्पादनमा सहयोग पुर्याएको छ ।

यो अभियान अन्तर्गत किसानहरुलाई उनीहरुको जमिन प्रयोग गरेबापत तीन बर्ष भित्र प्रतिफल दिइने ग्यारेण्टी गरिएको हुन्छ । उत्पादन अनुसार नै उनीहरुको प्रतिफल निर्धारण हुन्छ ।

माजा ‘कनेक्ट’

यो अभियानको सुरुवाती दिनमा करिब चार सय किसान यसमा संलग्न भए । जैन इरिगेसन र कोकाकोला अझै पनि यसमा धेरै किसानलाई सहभागि बनाउने प्रयत्नमा छन् । आगामी दिनमा यो अझ विस्तार हुने सङ्केत पनि देखिएको छ ।

उन्नती अभियानको समुहले २५ हजार किसानलाई सहभागि गराएर आगामी बर्ष ५० हजार एकडमा आँप लगाउने योजना बनाएको छ । सन् २०२३ सम्म माजाको उत्पादनलाई दोब्बर बनाउन यसो गरिएको हो ।

‘कोकाकोला र यसको इण्डिया बटलर्सले हरेक बर्ष ७० हजार मेट्रिक टन जुन् करिब ५ अर्ब रुपैयाँ बराबरको हुन्छ, त्यति उत्पादन गर्छ । सन् २०२३ सम्म माजा एक अर्ब डलरभन्दा बढीको व्यापार गर्ने भारतको पहिलो जुस ब्राण्ड बन्नेछ । प्रत्येक बर्ष दुई लाख मेट्रिक टन आँप खरिद गर्नुपर्ने बाध्यता त्यसपछि अन्त्य हुनेछ ।’ कोकाकोला इण्डियाले जनाएको छ ।
(मुकेश अधिकारीले बिजनेश टुडेका लागि लेखेको लेखको सम्पादीत अंश)

प्रतिक्रिया दिनुहोस्