Logo

देउवा सरकारमा तीन उपप्रधानमन्त्री सहितको मन्त्रीमण्डल गठन

देउवा सरकारमा तीन उपप्रधानमन्त्री सहितको मन्त्रीमण्डल गठन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् । मन्त्रीमण्डलमा माओवादी केन्द्रका कृष्णबहादुर महरा, काँग्रेसका गोपालमान श्रेष्ठ र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीको सपथ लिएका छन् ।

महराले उपप्रधानमन्त्रीका साथमा परराष्ट्र सम्हाल्ने भएका छन् । त्यस्तै गच्छदार संघीय मामिला तथा स्थानीय विकास र गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

देउवा नेतृत्वको सरकारको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बनेका छन् । अर्थमा महेश अचार्यलाई लैजाने चर्चा भएपनि कार्की बनेका हुन् ।

त्यस्तै कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री बनेका छन्। माओवादी केन्द्रका जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL