काठमाडौं । मंगलबार नेपालले ४० औं प्रधानमन्त्री पाउने भएको छ । बहुमतीय पद्धति अनुसार व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।
बहुमतीय पद्धति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिना प्रतिशस्र्धा प्रधानमन्त्री बन्ने भएका हुन् । प्रधानमन्त्रीको मनोनयनमा उनको मात्र एकल उम्मेदवारी परेपछि देउवा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
आइतबार नयाँ प्रधानमन्त्री चयन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोध कामय रहेपछि सुचना टासेर मंगलबार १ बजेका लागि संसद बैंठक बोलाइएको थियो । आज संसद बैंठक चल्ने भएकाले देउवा आजै नेपालको ४० औंं प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
प्रमुख राजनीतिक दलहरुबीच हिजो एक किसिमको सहमती भएको र सोह अनुरुप आज संसद बैंठक चल्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेकत भानुभक्त ढकालले बताए ।
अहिले देउवाको पक्षमा २ तिहाई मत पर्ने देखिएको छ । देउवा १२ बर्षपछि पून प्रधानमन्त्री हुन लागेका हुन् । २००३ जेठमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा विसं २०५२ मा प्रथम पटक प्रधानमन्त्री बनेका थिए । आज उनी नेपालको चौथौ पटक पुनः प्रधानमन्त्रीमा निर्वाचित हुन लागेका हुन् ।