Logo

बाजुरामा सेनाको विमान दुर्घटना, पाइलट गुरुङको मृत्यु

बाजुरामा सेनाको विमान दुर्घटना, पाइलट गुरुङको मृत्यु


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । बाजुराको कोल्टीमा भएको नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटनामा पाइलटको निधन भएको छ । मंगलबार दुर्घटना भएको सो विमानका पाइलट महासेनानी कैलाश गुरुङको उपचारका क्रममा निधन भएको हो ।

अवस्था गम्भिर रहेको उनलाई नजिकैकको प्राथमिक उपचार केन्द्रमा राखिएको थियो ।

विमानमा पाइलट,को -पाइलट  र विमान परिचारिका गरी तीन जना  सवार भएको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । लामिछानेका अनुसार दुई जनालाई थप उपचारको लागि सिता एयरको विमानमार्फत नेपालगञ्ज लगिएको छ ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL