Logo

अर्थ मन्त्रीले भने, `बजेट अांशिक वा कामचलाउ होइन पूर्ण अाकारकै अाउछ´

अर्थ मन्त्रीले भने, `बजेट अांशिक वा कामचलाउ होइन पूर्ण अाकारकै अाउछ´


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथाा अर्थ मन्त्री कृष्णबहादुर महराले पूर्ण अाकारकाे बजेट अाउने बताएका छन् । बजेट अांशिक वा काम चलाउ हाेईन पूर्ण अाकारकाे अाउछ,´ नेपाल अार्थिक पत्रकार समाजद्रारा अायाेजित पूर्ब बजेट छलफल कार्यक्रममा उनले भने, `पूर्ण अाकारकाे बजेट ल्याउन द्रुत गतिमा काम भईरहेकाे छ ।´

तर, बजेटमा नयाँ कार्यक्रम भने नराखिने उनले स्पष्ट पारेका छन् । मुलुक संघीयतामा गएसंगै साेही अनुरूपकाे ठूलाे अाकारकै बजेट ल्याईने उनले जानकारी दिए । बजेटले राष्ट्रिय प्राथमिकता अायाेजनालाई बढी महत्व दिने भएकाे छ ।

देशमा राजनीतिक सन्तुलन राख्नु मुख्य काम भएकाले सोही अनुरुप सबैलाई समेट्नेगरी बजेट ल्याइने समेत उनले जानकारी दिए । ‘बजेट कस्तो र कसरी ल्याउने भन्दा पनि मुख्य उद्देश्य देशमा राजनीतिक सन्तुलन कायम राख्नु हो,’ महराले भने, ‘सोही अनुरुप प्रमुख प्रतिपक्ष दलहरुसँग छलफल गरी सबैलाई मान्यहुने खालको बजेट ल्याउने छौं ।’

यसैगरी अर्थ सचिब डा शान्ताराज सुबेदीले याे बजेट अांशिक, कामचलाउ तथा विशेष नभई बार्षिक रूपमा ल्याउने साधारण बजेट भएकाे बताए । साेही अनुरूप पूर्ण अाकारकाे बजेट ल्याउन लागिएकाे जानकारी दिए । अागामी अाबकाे बजेटले प्रशारणलाईन निर्माणलाई बढी प्राथमिकता दिईने समेत उनले जानकारी दिए ।

कार्यक्रममा सेजनका अध्यक्ष गोकर्ण अवस्थीले बजेट दुई वटा निर्वाचनकोबीचमा ल्याउन लागिएको हुँदा करका दरहरु भने नचालाउन आग्रह गरेका थिए । साथै देशको पुर्नसंरचना अनुसार अबको अधिकार स्थानीय निकायमा जाने हुँदा संसद विकास कोषमार्फत दिइने बजेट कटौती गर्न समेत आग्रह गरेका थिए । सेजनले अर्थ मनत्रालयलाई बजेटका लागि सुझाव सहितको प्रतिवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL