काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ६ हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।
आज विश्वबजारमा सुन प्रतिऔंस ३ हजार ४ सय ८५ डलरको आसपासमा कारोबार भईरहेको छ । यो मूल्य पछिल्लो एक महिनाको तुलनामा १० प्रतिशत, ६ महिनाको तुलनामा २२ प्रतिशत र १ बर्षको तुलनामा ४२ प्रतिशतले बढी हो ।