Logo

८ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बढी बीमाशुल्क, नेपाल लाइफ एक्लैले आर्जन गर्यो २९ अर्ब ३९ करोड

८ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बढी बीमाशुल्क, नेपाल लाइफ एक्लैले आर्जन गर्यो २९ अर्ब ३९ करोड



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले उल्लेख्य कारोबार गर्दै यो रकम आर्जन गरेका हुन्।

प्राधिकरणका अनुसार यस अवधिसम्म जीबन बीमा कम्पनीहरुले १ करोड ३४ लाख बढी सक्रिय बीमालेखमार्फत उक्त शुल्क संकलन गरेका हुन् । जसमा नविकरणवापतको शुल्कमात्रै ८५ अर्ब ६१ करोड माथि छ ।

नेपाल लाइफको वर्चस्व

८ महिनाको अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले १९ लाख ४ हजार ९६ बीमालेख जारी गर्दै २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

नेपाल लाइफले फागुन महिनामा मात्रै ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ, जुन अन्य प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा अग्रणी हो।

नेशनल लाइफ दोस्रो स्थानमा, एलआईसी नेपाल तेस्रो

बीमा शुल्क संकलनको आधारमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले ८ महिनामा १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ। यस अवधिमा कम्पनीले १५ लाख ३४ हजार ४ बीमालेख जारी गरेको छ। फागुन महिनामा मात्र नेशनल लाइफले २ अर्ब ३९ करोड १९ लाख रुपैयाँको कारोबार गरेको छ।

तेस्रो स्थानमा रहेको एलआईसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। कम्पनीले फागुन महिनामा मात्र १ अर्ब ३८ करोड ९५ लाख रुपैयाँको व्यवसाय गरेको छ।

अन्य कम्पनीहरूको अवस्था

फागुन मसान्तसम्म सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनीहरूको सूचीमा चौथो स्थानमा हिमालयन लाइफ इन्स्योरेन्स परेको छ। कम्पनीले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको बीमा कारोबार गरेको छ।

अन्य बीमा कम्पनीहरूको संकलन विवरण यसप्रकार छ :

सूर्यज्योति लाइफ इन्स्योरेन्स – ६ अर्ब ६९ करोड ५० लाख

एशियन लाइफ इन्स्योरेन्स – ५ अर्ब ६९ करोड ८२ लाख

सिटिजन्स लाइफ इन्स्योरेन्स – ४ अर्ब ४९ करोड

राष्ट्रिय जीवन बीमा कम्पनी – ४ अर्ब ४७ करोड ९३ लाख

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स – ४ अर्ब २९ करोड २६ लाख

मेट लाइफ – ३ अर्ब ८८ करोड ९ लाख

आइएमई लाइफ इन्स्योरेन्स – ३ अर्ब २८ करोड ७८ लाख

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स – ३ अर्ब १९ करोड ७६ लाख

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स – ३ अर्ब १७ करोड ५९ लाख

सन नेपाल लाइफ इन्स्योरेन्स – २ अर्ब ७० करोड २९ लाख

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This