Logo

सन २०२५ मा पुनः मन्दी आउला ? यस्तो बेला कस्ता कम्पनीमा लगानी गर्ने ?

सन २०२५ मा पुनः मन्दी आउला ? यस्तो बेला कस्ता कम्पनीमा लगानी गर्ने ?



काठमाडौं । के पुनः सन २०२५ मा आर्थिक मन्दी आउला ? विश्वभर देखिएको हालको आर्थिक उतारचढावका बीच लगानीकर्ताहरूको मनमा खेल्ने सबैभन्दा ठुलो प्रश्न नै यही हो । बजार विश्लेषकहरू र अर्थशास्त्रीहरूबीच यस विषयमा फरक मत देखिन्छ, तर पछिल्ला आर्थिक सूचकहरूले मिश्रित संकेत दिएका छन् ।

नयाँ तथ्यांक अनुसार, अमेरिकी अर्थतन्त्रले अझै सशक्त वृद्धि देखाइरहेको छ, तर ब्याजदरको उच्च स्तर, उपभोक्ता खर्चमा गिरावट, तथा वैश्विक अनिश्चितताले भविष्यका चुनौतीहरू प्रस्तुत गरेका छन् । केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर उच्च राखेमा, आर्थिक गतिविधिमा मन्दी आउन सक्ने खतरा रहन्छ ।

बजारमा आएको हालको गिरावटका कारण केहि ठूला कम्पनीहरूको सेयर मूल्यमा गिरावटसमेत आईसकेको छ । यस्तो परिस्थितिमा लगानीकर्ताले कुन कम्पनीहरूमा लगानी गर्ने भन्ने कुरा मूख्य हुन आउँछ ।

टेस्ला

टेस्लाको सेयरमूल्य गत वर्षको तुलनामा ३८.६% ले घटेको छ । यसको मूल्य–आय अनुपात ७७ प्रतिशत छ, जुन अझै महँगो मानिन्छ । तर, आगामी वर्षहरूमा यसको आम्दानी २५% भन्दा बढीले बढ्ने अनुमान गरिएको छ ।

एनभिडिया

एनभिडियाले सन् २०२४ मा १३०.५ अर्ब डलरको आम्दानी गर्योे, जुन अघिल्लो वर्षको तुलनामा ११४ प्रतिशतको वृद्धि हो । यसको सेयर १३.८% ले घटेको छ, र हालको पीइ अनुपात २४.८ प्रतिशतमा झरेको छ, जुन ऐतिहासिक रूपमा कम हो ।

जेपीमर्गन चेज

पछिल्लो समय बैंकिंग क्षेत्र पनि प्रभावित भएको छ । जेपीमर्गन चेजको सेयर ४.९% ले घटेको छ, तर यसको पीइ अनुपात १२.६ प्रतिशत छ, जुन आकर्षक हुन सक्छ । यसले २.२% लाभांश पनि दिन्छ ।

एक्सन मोबिल

तेल बजारमा अस्थिरता देखिएको छ, तर एक्सन मोबिलको सेयर यो वर्षको सुरुदेखि १.५% ले बढेको छ । कम्पनीले ३.६% लाभांश दिन्छ र यसको पीइ अनुपात १४.७ छ, जुन मूल्य लगानीकर्ताका लागि आकर्षक देखिन्छ ।

नोभो नॉर्डिस्क

डायबेटिज तथा तौल घटाउने औषधिमा विशेषज्ञता राख्ने यो कम्पनीको सेयर १२.८% ले घटेको छ । तर, आगामी वर्षहरूमा यसको आम्दानी १७ प्रतिशत र २१.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

विश्लेषकहरूका अनुसार, बजार हाल अनिश्चित भए पनि, दीर्घकालीन लगानीकर्ताहरूका लागि केही अवसरहरू भने उपलब्ध छन् । लगानी गर्नु अघि सावधानी अपनाउनु आवश्यक रहेको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्