Logo

निर्जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे २४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

निर्जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे २४ अर्ब बढी बीमाशुल्क, कसको कति ?



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ लाख २१ हजार ६७९ वटा बीमा पोलिसी बिक्री गर्दै निर्जीवन बीमा कम्पनीहरुले ७ महिनामा उल्लेख्य कारोबार गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै पहिलो स्थान सुरक्षित गरेको छ। त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २ अर्ब ९३ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो स्थानमा रहँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २ अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्कसहित तेस्रो स्थानमा रहेको छ।

अन्य प्रमुख कम्पनीहरूको संकलित बीमाशुल्क यस्तो रहेको छः

  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स : २ अर्ब २ करोड रुपैयाँ
  • नेको इन्स्योरेन्स : १ अर्ब ९५ करोड रुपैयाँ
  • हिमालयन एभरेष्ट इन्स्योरेन्स : १ अर्ब ९२ करोड रुपैयाँ
  • एनएलजी इन्स्योरेन्स : १ अर्ब ६२ करोड रुपैयाँ
  • ओरिएण्टल इन्स्योरेन्स : १ अर्ब ५२ करोड रुपैयाँ
  • यूनाइटेड अजोड इन्स्योरेन्स : १ अर्ब ४० करोड रुपैयाँ
  • सानिमा जिआइसी इन्स्योरेन्स : १ अर्ब ३८ करोड रुपैयाँ
  • नेपाल इन्स्योरेन्स : १ अर्ब २५ करोड रुपैयाँ
  • प्रभु इन्स्योरेन्स : १ अर्ब ३ करोड रुपैयाँ
  • राष्ट्रिय बीमा कम्पनी : ९४ करोड रुपैयाँ
  • नेशनल इन्स्योरेन्स : ६९ करोड ३४ लाख रुपैयाँ

बीमा बजारमा निरन्तर वृद्धि देखिएसँगै निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुँदै गइरहेको छ। बीमा कारोबारको वृद्धिसँगै प्रतिस्पर्धा पनि तीव्र बनेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्