Logo

आगामी वर्षका लागि १९ खर्बको बजेट सीमा तोकियो, अर्थलाई योजना आयोगको सिफारिस

आगामी वर्षका लागि १९ खर्बको बजेट सीमा तोकियो, अर्थलाई योजना आयोगको सिफारिस



काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब १९ खर्ब रुपैयाँ बजेट सीमा (सिलिङ) निर्धारण गरिएको छ । राष्ट्रिय योजना आयोगले प्रारम्भिक स्रोत अनुमान गर्दै अर्थ मन्त्रालयलाई १९ खर्ब हाराहारीको खर्च सीमा तोक्न सिफारिस गरेको हो।

राष्ट्रिय योजना आयोगले मंगलबार अर्थ मन्त्रालयमा बजेट अनुमान प्रतिवेदन पेश गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । संविधानअनुसार जेठ १५ गते भित्र आउँदो आर्थिक वर्षका लागि बजेट पेश गर्नुपर्ने प्रावधान छ।

हालको चालू आर्थिक वर्ष २०८१/०८२ मा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याइएको थियो । तर, अर्थमन्त्री विष्णु पौडेलको समीक्षापछि बजेट कटौती गरी १६ खर्ब ९२ अर्बमा झारिएको छ। नयाँ बजेट आकार कति हुने भन्ने विषयमा आगामी दिनमा थप छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्