Logo

छ महिनामै भित्रियो साढे सात खर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या बढ्यो

छ महिनामै भित्रियो साढे सात खर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार चालु आवको पहिलो ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै गत आवको यहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले बढेर ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको बताएको हो ।

गत बर्षको यहि अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । चालु आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्