Logo

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई तीन गुणा बढी अनुदान

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई तीन गुणा बढी अनुदान



काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब (करिब सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु सात करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार १५० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा कम हो । यस आर्थिक वर्ष भारतले २ हजार ५ सय ४३.४८ करोड रुपैयाँ विनियोजना गरेको थियो ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आयकरमा ठूलो राहत घोषणा गरेकी छन् । आर्थिक वर्ष २०२५/२६ को बजेट प्रस्तुत गर्ने क्रममा उनले नयाँ आयकर ‘स्ल्याब’ पनि घोषणा गरिन् । यो घोषणाअनुसार नयाँ कर प्रणालीमा वार्षिक १२ लाख भारुसम्मको आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन ।

विज्ञका अनुसार, यो नयाँ करबाट सबैभन्दा बढी मध्यमवर्गलाई फाइदा हुने भएको छ । तलब वर्गको १२ लाख ७५ हजारसम्मको आम्दानी करमुक्त हुनेछ । अर्थात, वार्षिक १२ लाख ७५ हजार आम्दानी हुने कर्मचारीले कुनै कर तिर्नु पर्दैन । करिब ७५ मिनेटको बजेट भाषणको अन्त्यमा उनले नयाँ कर दरको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्