Logo

करोडौंको तलब, विशेष भत्ता, २४ सै घण्टा गोप्य सेवा : राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले के-के सुविधा पाउँछन् ?

करोडौंको तलब, विशेष भत्ता, २४ सै घण्टा गोप्य सेवा : राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले के-के सुविधा पाउँछन् ?



काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) सपथ लिनेछन् । सपथ ग्रहणसँगै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बन्नेछन् । राष्ट्रपति बनेपछि उनले करोडौं तलब मात्र नभई धेरै भत्ता र अन्य सुविधा पनि पाउनेछन् ।

अमेरिकी राष्ट्रपतिले हरेक वर्ष ४,००,००० डलर (लगभग साढे ५ करोड करोड रुपैयाँ) तलब पाउँछन् । यो तलब सन् २००१ देखि तय भएको हो र अहिलेसम्म यसमा कुनै परिवर्तन गरिएको छैन । यसबाहेक उनले १,६९,००० डलर बराबरको अन्य भत्ता पनि पाउनेछन् । यो भत्तामा आधिकारिक र व्यक्तिगत भत्ता पनि समावेश छ । अमेरिकी राष्ट्रपतिले वार्षिक ५० हजार डलर खर्च भत्ता पाउँछन् ।

यस्तै ट्रम्पले १,००,००० डलर यात्रा भत्ता र १९,००० डलर मनोरन्जन भत्ता पाउनेन्छ । यसमा उनको कर्मचारी र भान्छेको तलब पनि समावेश छ । यसबाहेक राष्ट्रपतिले पदभार सम्हाल्नेबित्तिकै ह्वाइट हाउसको इन्टेरियर डिजाइन गर्नका लागि १ लाख डलर पाउनेछन् । अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउस हुनेछ, जहाँ सबै सुविधाहरू उपलब्ध छन् । ट्रम्पले आफ्नो देश तथा विदेश भ्रमणका लागि ‘एयर फोर्स वन’ र ‘मरिन वन’ हेलिकप्टर नामक विशेष विमान प्रयोग गर्नेछन् ।

अमेरिकी राष्ट्रपतिलाई दिनरात गोप्य सेवा सुरक्षा दिइएको हुन्छ । साथै राष्ट्रपति र उनको परिवारले निःशुल्क उपचारको सुविधा पाउँछन् । एयर फोर्स वन’ अमेरिकी राष्ट्रपतिको विशेष विमान हो, जसलाई ‘फ्लाइंग ह्वाइट हाउस’ पनि भनिन्छ । राष्ट्रपतिलाई आफ्नो काम गर्नका लागि आवश्यक सबै सुविधा यसमा छ । यो विमानमा एकैपटक १०० जनाभन्दा बढी यात्रु यात्रा गर्न सक्छन् । यो विमान अत्याधुनिक प्रविधिले सुसज्जित छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This