Logo

रेमिट्यान्स आप्रवाहमा ४.४ प्रतिशतको वृद्धि, ५ महिनामै भित्रियो ६ खर्ब ४० अर्ब

रेमिट्यान्स आप्रवाहमा ४.४ प्रतिशतको वृद्धि, ५ महिनामै भित्रियो ६ खर्ब ४० अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको मंसिरसम्ममा गत आवको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले रेमिट्यान्स बढेर उक्त परिणाममा भित्रिएको हो ।

गत आर्थिक बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आर्थिक बर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

चालु आवको ५ महिनामा खुद द्वितीय आय ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय २५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्