Logo

विश्वकै तेश्रो ठूलो अर्थतन्त्रमा संकट, हरेक महिना १६ सय बढी कम्पनी ‘टाट पल्टिदै’

विश्वकै तेश्रो ठूलो अर्थतन्त्रमा संकट, हरेक महिना १६ सय बढी कम्पनी ‘टाट पल्टिदै’



काठमाडौं । विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुमध्ये शीर्षमा रहेको जर्मनी यतिबेला संकटसँग जुधिरहेको छ । ४.७१ ट्रिलियन डलरको अर्थतन्त्रका रुपमा विश्वको तेश्रो ठूलो अर्थतन्त्र जर्ममनीमा पछिल्लो समय कम्पनीहरु टाट पल्टिने क्रम निकै उच्च देखिएको छ । कम्पनीहरू टाट पल्टेकोबारे अनुसन्धान गर्ने अनुसन्धानकर्ताले सोमबार यो जानकारी दिए । जसअनुसार सन् २०२४ मा हरेक महिना १ हजार ६ सयभन्दा बढी कम्पनीले आफूलाई टाट पल्टेको घोषणा गर्नका लागि निवेदन दिएका छन् । जर्मनीमा कर्पोरेट टाट पल्टिने क्रम सन २००९ को आर्थिक संकटको स्तरमा पुगेको छ ।

कम्पनीहरु टाट पल्टिनु भनेको आफ्नो ऋण तिर्न सक्षम नहुनु हो । ‘हामी त्यो दायरामा छौं जहाँ कुनैपनि महिना सजिलै २० वर्षको उच्चमा पुग्न सक्छ,’ आर्थिक अनुसन्धानका लागि टाट पल्टेको अनुसन्धान प्रमुख स्टेफन मुलर भन्छन्, ‘हामीसँग २००९ को वित्तीय संकटको समयमा लगभग १,४०० साझेदारहरू र निगमहरू प्रत्येक महिना टाट पल्टेका थिए, अब हामी फेरि उही स्तरमा पुगेका छौं ।

तर, त्यतिबेला टाट पल्टेकामा झण्डै आधा साना कम्पनी पनि थिए । साना कम्पनीहरू भनेको अधिकतम १० कर्मचारीहरू भएको कम्पनी हुन् । अहिले त्यस्ता पाँच सय कम्पनीमात्रै संकटबाट गुज्रिरहेका छन् । मुलर भन्छन् कि आज धेरै ठूला कम्पनीहरू टाट पल्टेका कारण बढी आर्थिक नोक्सान भइरहेको छ । क्रेडिट एजेन्सी क्रेडिट रिफर्मको डिसेम्बर रिपोर्टले पुष्टि गर्दछ कि जर्मन कम्पनीहरूको टाट पल्टिने संख्या २०१५ पछि सिधै २०२४ मा उच्चतम थियो । २०२४ मा कुल १,२१,३०० टाट पल्टेका निवदेन दायर गरिएको छ । यसमा सबै प्रकारका टाट पल्टेकाहरू समावेश छन् । यो अघिल्लो वर्षको तुलनामा करिब १०.६ प्रतिशतले बढी हो ।

‘हालैका वर्षहरूमा कम्पनीहरू संकट थोरै ढिला आएको देखिएको छ,’ क्रेडिटरिफर्मका आर्थिक अनुसन्धान प्रमुख प्याट्रिक लुडविग ह्यान्स भन्छन्, ‘यसको मतलब टाट पल्टेकोको तथ्याङ्क चाँडै २००९ र २०१० को बराबर हुनेछ त्यतिबेला ३२ हजार कम्पनी टाट पल्टेका थिए ।’ मुलर भन्छन् कि टाट पल्टेका केही कम्पनीहरू कोभिड–१९ महामारीका कारण प्रभावित भएका पनि छन् । यससँगै युरोपेली केन्द्रीय बैंकको अत्यन्त न्यून ब्याजदरले पनि समस्या परेको छ ।

सस्तो कर्जाबाट लाभान्वित भएका कम्पनीले अहिले उच्च ब्याजदरको समस्या भोगिरहेको मुलरले बताए । कम्पनीहरु टाट पल्टिनु गाह्रो विषय हो तर, यसलाई अर्थव्यवस्थाको लागि आवश्यक समाधानको रूपमा हेरिन्छ । विज्ञहरूले पनि चेतावनी दिइरहेका छन् कि कुनै पनि दीर्घकालीन भविष्यवाणीहरू गर्नु अहिले अनिश्चित छ । ‘अर्थतन्त्र सुधार भएपनि टाट पल्टिनेहरूको संख्या बढ्न सक्छ,’ मुलरले भने ।

मुद्रास्फीति समस्या

जर्मनीमा मुद्रास्फीति दर डिसेम्बरमा वर्षको तुलनामा २.६ प्रतिशतमा बढेको खबर आयो । यससँगै सन् २०२४ को सम्पूर्ण वर्षमा उपभोक्ता मूल्य दर २.२ प्रतिशतले बढेको छ । समस्याग्रस्त जर्मन अर्थतन्त्रका लागि बढ्दो मूल्य अर्को ठूलो चुनौती हो । अर्थतन्त्रको समस्या कोरोना भाइरसको महामारीबाट सुरु भएको हो । त्यसपछि फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको हमलाले यसलाई ठूलो बनाइदियो । यी सबैको बीचमा जर्मन कार उद्योगका समस्याहरू पनि धेरै ठूला छन् जसले धेरै पक्षबाट समस्याहरू सामना गरिरहेको छ ।

जर्मनीमा ऊर्जाको मूल्य बढेकोले २०२२ मा मुद्रास्फीति ६.९ प्रतिशतमा बढेको छ । जो २०२३ मा पनि ५.९ प्रतिशतको दरमा थियो । यो सन् १९९० मा जर्मन एकीकरणपछिकै उच्च हो । २०२४ मा मूल्यहरू थोरै स्थिर भए तर, यसको वृद्धिको संकेत डिसेम्बरमा केही महिना अघि देखिन थालेको थियो । सेप्टेम्बरसम्म यहाँ मुद्रास्फीति १.६ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्