काठमाडौं । के विश्वमा फेरि मन्दी आउनेछ ? विश्वको आर्थिक अवस्थाबारे विज्ञहरुको चिन्ता बढेको छ । विश्वका प्रमुख विज्ञहरुका अनुसार सन् २०२५ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्न सक्छ । धेरै देशको अर्थतन्त्रमा तनावको संकेत देखिन थालेको छ ।
भारतजस्ता तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमा घट्दो जीडीपीले पनि यस्तै संकेत गरिरहेको छ । जर्मनी र बेलायतलगायत विश्वका धेरै देशको अर्थतन्त्र अहिले खराब चरणबाट गुज्रिरहेको छ । यसैबीच ऊर्जाको मूल्यमा भएको वृद्धि, भूराजनीतिक तनाव र अमेरिका र चीनबीचको व्यापारिक तनावले पनि मन्दीको डर बढाएको छ ।
धेरै देशमा मन्दी
विश्वका धेरै देशमा मन्दीको छाया छाएको छ । बेलायतको जीडीपी तथ्यांक धेरै खराब देखिन्छ । संशोधित जीडीपी तथ्यांकले २०२४ को तेस्रो त्रैमासिकमा शून्य वृद्धि देखाएको छ । यो बेलायतको अर्थतन्त्र ठप्प भएको संकेत हो । योसँगै विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान पनि मन्दीसँग जुधिरहेको छ । कमजोर आन्तरिक मागका कारण यस्तो अवस्था आएको हो ।
मन्दीका कारण जापानको औसत घरपरिवार ऋण रकम औसत आम्दानीभन्दा बढी भएको छ । न्युजिल्यान्ड पनि यो मन्दीबाट अछुतो रहन सकेको छैन । जुलाई–सेप्टेम्बरको त्रैमासिकमा यसको जीडीपी एक प्रतिशतले घटेको छ । यो अहिले सन् १९९१ र कोभिडपछि भएको हो, न्युजिल्याण्डको आर्थिक प्रदर्शन निकै कमजोर भएको छ ।
अमेरिका पनि समस्यामा
आर्थिक मन्दीबाट अमेरिका पनि अछुतो छैन । तर, यो अवस्थामा पछिल्लो समय केही सुधार भने पक्कै भएको छ । गोद्यडम्यान साख्श ले भर्खरै रोजगारी बजारमा आएको सुधारलाई उद्धृत गर्दै अर्को १२ महिनामा अमेरिकी मन्दीको लागि २०% को पहिलेको पूर्वानुमानबाट १५% मा झारेको छ । अमेरिकामा मन्दीको डर कम भएको हुन सक्छ, तर यो समाप्त भएको छैन ।
मन्दीबाट बच्न सकिन्छ
यो विश्वव्यापी मन्दीबाट बच्न सकिँदैन भन्ने होइन । बैंक जुलियस बेरका भास्कर लक्ष्मीनारायणले भने, ‘मन्दीको कुनै संकेत छैन । बजार र अर्थतन्त्रले राम्रो प्रदर्शन गरेमा मूल्य निर्धारणमा केही तनाव हुन सक्छ । उनले सुझाव दिए कि मन्दी होइन मुद्रास्फीति, अमेरिकामा ठूलो चिन्ता हुन सक्छ ।
यी कारणले चिन्ता बढिरहेको छ
डोनाल्ड ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका छन् । उनले चीन लगायत विश्वका धेरै देशमा कर बढाउने भएका छन् । यसले विश्वव्यापी व्यापारलाई थप बाधा पु¥याउन सक्छ, आर्थिक दबाब बढाउन सक्छ । अहिले युक्रेन र मध्यपूर्वमा जारी युद्ध र भूराजनीतिक तनावले पनि आर्थिक मन्दीको संकेत गरिरहेको छ । यसले जर्मनी र फ्रान्स जस्ता प्रमुख युरोपेली अर्थतन्त्रहरूमा संकट सिर्जना गर्न सक्छ ।
अवस्था त्यति खराब छैन
मन्दी आउँछ भन्ने होइन । बैंक जुलियस बेरका मार्क म्याथ्युजले भने कि मन्दीको भविष्यवाणी गर्न असम्भव छ । यद्यपि उनले उच्च बजार मूल्यांकन र मुद्रास्फीति जोखिम जस्ता कमजोरीहरूले २०२५ लाई विशेष रूपमा कमजोर बनाउन सक्ने चेतावनी दिए । यस्तै जेपी मोर्गनले २०२५ को पहिलो आधामा विश्वव्यापी मन्दीको सम्भावना १५% मात्र अनुमान गरेको छ ।