Logo

गाई र मानिसमा फैलिएपछि बहसमा ‘बर्ड फ्लू’, विश्वको अर्को ठूलो महामारी बन्ला ?

गाई र मानिसमा फैलिएपछि बहसमा ‘बर्ड फ्लू’, विश्वको अर्को ठूलो महामारी बन्ला ?



काठमाडौं । बर्डफ्लु मानिसमा कहिले पनि सर्छ भन्ने कुनै ग्यारेन्टी छैन । अमेरिकाका स्वास्थ्य एजेन्सीहरूले आम जनतालाई धेरै खतरा नभएको कुरामा जोड दिएका छन्, तर यो पनि सत्य हो कि यस सन्दर्भमा परिस्थिति परिवर्तन भइरहेको छ । ‘एचफाइवएनवन’ बर्ड फ्लू संस्करण पहिलो पटक १९९६ मा चीनमा देखा परेका थियो । पछिल्लो चार वर्षमा यो पहिलेको तुलनामा व्यापक रूपमा फैलिएको छ । यो अन्टार्कटिका जस्ता क्षेत्रमा पनि पुगेको छ, जहाँ यो पहिले थिएन ।

’‘वर्ल्ड अर्गनाइजेसन फर एनिमल हेल्थ’ ले समाचार एजेन्सी एएफपीलाई बताएको छ कि बर्ड फ्लुका कारण अक्टोबर २०२१ देखि ७९ देशमा ३० करोड घरेलु चराहरू मारिएका छन् र धेरै जङ्गली चराहरू पनि मरेका छन् । संक्रमित चराहरू खाने सिल जस्ता स्तनपायीहरू पनि ठूलो संख्यामा मरेका छन् ।

भाइरसको रूप परिवर्तन हुँदैछ

यो अवस्था मार्च २०२४ मा फेरि परिवर्तन भयो, जब भाइरस पहिलोपटक अमेरिकामा दुधालु गाईहरूमा फैलिन थाल्यो । अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’का अनुसार यो वर्ष देशमा ४८ जनामा बर्डफ्लुको संक्रमण देखिएको छ । जसमा ती दुई व्यक्तिहरू पनि समावेश छन् जसलाई कुनै संक्रमित जनावरको सम्पर्कमा आएकोबारे कुनै जानकारी थिएन । मानिसमा कतिपय केस पत्ता नलागेको डर पनि छ ।

अन्वेषकहरूले गत महिना रिपोर्ट गरे कि अमेरिकाको मिशिगन र कोलोराडोमा ११५ डेरी कामदारहरूको परीक्षण गरिएको थियो र तीमध्ये आठको नमूनामा बर्ड फ्लूको एन्टिबडीहरू फेला परेको थियो अथवा संक्रमण दर सात प्रतिशत थियो । अमेरिकाको एसएएस इन्स्टिच्युटका एपिडेमियोलोजिस्ट मेग शेफरले एएफपीलाई बताइन् कि ‘बर्ड फ्लूले हाम्रो ढोका ढकढक्याइरहेको छ र कुनै पनि दिन नयाँ महामारी सुरु गर्न सक्छ ।’ यद्यपि, ‘एचफाइवएनवन’ लाई मानिसहरूमा सजिलै फैलिनबाट रोक्न अझै धेरै अवरोधहरू छन् । यसमा मानव फोक्सोलाई प्रभावकारी रूपमा संक्रमित गर्न भाइरसले उत्परिवर्तन गर्नुपर्छ भन्ने तथ्य पनि एक हो ।

मानिसबाट मात्र एक कदम टाढा ?

हालै ‘साइन्स’ जर्नलमा प्रकाशित अनुसन्धानले अमेरिकामा गाईलाई सङ्क्रमण गर्ने बर्डफ्लुको स्ट्रेन मानिसमा अझ प्रभावकारी रूपमा फैलिनबाट एक उत्परिवर्तन मात्र टाढा रहेको देखाएको छ । ग्लासगो विश्वविद्यालयका भाइरोलोजिस्ट एड हचिन्सनका अनुसार, यसले ‘एचफाइवएनवन’ हाम्रो लागि धेरै खतरनाक हुनबाट एक सजिलो कदम मात्र टाढा रहेको संकेत गर्छ । हचिन्सनले यो पनि भने कि गत महिना बर्ड फ्लूबाट गम्भीर बिरामी परेका क्यानाडाली किशोरको आनुवंशिक अनुक्रमले “भाइरसले मानव शरीरको कोशिकाहरूमा अझ प्रभावकारी रूपमा लच्ने तरिकाहरू खोज्न थालेको कुरा प्रकट गर्यो ।

उनले जोड दिए, ‘हामीलाई अझै थाहा छैन कि ज्छल्ज्ञ इन्फ्लुएन्जा भाइरस मानिसलाई असर गर्ने रोगको रूपमा विकसित हुन्छ कि हुँदैन ।’ स्याफरले यस सन्दर्भमा भने कि भाइरसलाई जनावरहरू र विभिन्न प्रजातिहरूमा जति धेरै फैलिन अनुमति दिइन्छ, मानिसहरूलाई संक्रमित गर्न अझ प्रभावकारी रूपमा अनुकूलन हुने सम्भावना बढी हुन्छ । उनले यो पनि भने कि यदि बर्ड फ्लू महामारी फैलियो भने, यो मानवमा ‘उल्लेखनीय रूपमा गम्भीर’ हुनेछ । यसको कारण यो हो कि हामीसँग यसको बिरूद्ध प्रतिरोधात्मक क्षमता छैन ।

आशाको किरण

बर्ड फ्लुका मामिलाहरू अहिलेसम्म अपेक्षाकृत हल्का छन्, तर विश्व स्वास्थ्य संगठनका अनुसार, २००३ यता रेकर्ड गरिएका ुएचफाइवएनवन को ९०४ मानव घटनाहरूमध्ये लगभग आधा घातक छन् । इम्पेरियल कलेज लन्डनका भाइरोलोजिस्ट टम पीककले भने कि महामारीको सम्भावनाको बारेमा धेरै निराशा नहुनुको कारणहरू पनि छन् । बर्डफ्लुको एन्टिभाइरल उपचार र भ्याक्सिन पहिले नै उपलब्ध भइसकेको उनले औंल्याए । कोभिड–१९ को मामलामा यो थिएन । यद्यपि, सुरक्षा र सावधानीमा ध्यानाकर्षण गर्दै, धेरै स्वास्थ्य अनुसन्धानकर्ताहरूले अमेरिकी सरकारलाई थप अनुसन्धान गर्न र आवश्यक जानकारी एजेन्सीहरू र देशहरूबीच साझेदारी गरिएको सुनिश्चित गर्न आग्रह गरेका छन् ।

भर्खरै, अमेरिकी कृषि मन्त्रालयले बर्ड फ्लूको लागि देशमा उपलब्ध दूध परीक्षण गर्ने योजना घोषणा गरयो । कच्चा दूधको बारेमा विशेष चिन्ता छ, जसमा बर्ड फ्लू बारम्बार पाइन्छ । एकातिर यो चिन्ता छ भने अर्कोतिर सामाजिक सञ्जाल छ, जहाँ केही समययता काँचो दुध पकाएको दूधभन्दा स्वास्थ्यकर हुने दाबी गर्दै धेरै पोस्ट र भिडियो शेयर भइरहेका छन् । धेरै स्वास्थ्य विशेषज्ञहरूले यो प्रवृत्तिविरुद्ध मानिसहरूलाई चेतावनी दिइरहेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्