Logo

४ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे १४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

४ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे १४ अर्ब बढी बीमाशुल्क, कसको कति ?



काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो ४ महिनामा १४ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि कार्तिकसम्म ८ लाख ९७ हजार बढी बीमालेख जारी गर्दै उक्त शुल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस्तै यसै अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दै धेरै बीमाशुल्क संकलन गर्ने दोस्रो कम्पनी हुन सफल भएको छ । यसै अवधिमा शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै क्रमशः तेस्रो, चौथो र पाँचौं हुन सफल भएका छन् ।

प्राधिकरणका अनुसार पछिल्लो ४ महिनामा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १३ करोड, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख, ओरिएण्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख र यूनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यता नेपाल इन्स्योरेन्सले यस अवधिमा ७८ करोड ६८ लाख संकलन गर्दा सानिमा जिआइसी इन्स्योरेन्सले ७७ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २८ करोड ४८ लाख ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्