काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म सरकारले आन्तरिक र बाह्य स्रोतबाट उठाएको ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षको सुरुमा अर्थात २०८१ साउन १ गते २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण कार्तिक मसान्तसम्म ८३ अर्ब ९५ करोड रुपैयाँ थपिएको हो । यो सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४४.१४ प्रतिशत हो ।
चालु आर्थिक बर्षमा सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार कार्तिकसम्म १ खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । यो बार्षिक लक्ष्यको ३० प्रतिशत हो । जसमध्ये आन्तरिक र प्राप्तिको हिस्सा ४३.६४ प्रतिशत र बाह्यतर्फ १०.०१ प्रतिशत छ ।
चालु आवको कार्तिक मसान्तसम्म सरकारले १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । यो बार्षिक बजेट विनियोजनको २६ प्रतशित हो । चालु आवमा सरकारले ४ अर्ब २ अर्ब रुपैयाँ बजेट ऋण सेवा खर्चका लागि छुट्याएको छ ।