काठमाडौं । साताको पहिलो कारोबार दिन विश्वका अधिकांश शेयर बजार ओरालो लागेको छ । जसका कारण विश्वका शीर्ष १० धनीमध्ये नौ जनाको नेटवर्थ घटेको छ । भारतको शेयर बजारमा पनि भारी गिरावट आएको छ । सोमबार सेन्सेक्स ९४२ अंकले र निफ्टी ३०९ अंकले घट्यो । जसका कारण देशका दुई ठूला धनी मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थमा भारी गिरावट आएको छ ।
सोमबार दुवैको नेटवर्थमा कूल ४ अर्ब ७८ करोड डलर घटेको छ । रिलायन्स इन्डस्ट्रिजको शेयरमा करिब तीन प्रतिशत गिरावट आएपछि अम्बानीलाई २.७२ अर्ब डलरको नोक्सान भएको छ । त्यस्तै, अडानीको नेटवर्थ २.०६ बिलियन डलरले घटेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा एक स्थान झरेर १७औँ स्थानमा पुगेका छन् ।
उनको कुल सम्पत्ति अहिले ९८.८ बिलियन डलर छ र उनी १०० बिलियन डलर क्लबबाट बाहिर पुगेका छन् । यो वर्ष उनको कुल सम्पत्ति २.४२ अर्ब डलरले बढेको छ । यसैबीच, अदानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति अहिले ९२.३ अर्ब डलर छ । उनी विश्वका धनी व्यक्तिको सूचीमा १८ औं नम्बरमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८.०५ बिलियन डलरले बढेको छ ।
को को छन् शीर्ष १० मा ?
एलोन मस्कलाई सोमबार सबैभन्दा ठूलो धक्का लागेको छ । विश्वका सबैभन्दा धनी मस्कको कुल सम्पत्ति ४ अर्ब ३९ करोड डलरले घटेर २५८ अर्ब डलर पुगेको छ । अमेजनका संस्थापक जेफ बेजोस २ सय १८ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । तर फेसबुकका मार्क जुकरबर्ग २०० अर्ब डलरको क्लबबाट बाहिर छन् । उनको कुल सम्पत्ति अहिले १९९ अर्ब डलर छ ।
यो सूचीमा ल्यारी एलिसन (१८१ बिलियन डलर) चौथो, बर्नार्ड अर्नाल्ट (१७६ बिलियन डलर) पाँचौ, बिल गेट्स (१५७ बिलियन डलर) छैटौं, ल्यारी पेज (१५२ बिलियन डलर) सातौं, सर्गेई ब्रिन (१४४ बिलियन डलर) आठौं, स्टीभ बाल्मर (१४२ बिलियन डलर) नवौं स्थानमा र वारेन बफेट (१४० बिलियन डलर) दशौं स्थानमा छन् । अनुवाद गरिएको