Logo

तीन महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे सवा ११ अर्ब बढी बीमाशुल्क, कसको कति ?

तीन महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे सवा ११ अर्ब बढी बीमाशुल्क, कसको कति ?



काठमाडौं । नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पछिल्लो ३ महिनामा सवा ११ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुले यस अवधिमा ६ लाख ६८ हजार बढी बीमालेखमार्फत ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोज मसान्तसम्म यी कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी एक्लैले १ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो अन्य कम्पनीहरुले संकलन गरेको बीमाशुल्कको तुलनामा सबैभन्दा बढी हो ।

यस्तै यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा बस्न सफल भएको छ ।

साथै यसै अवधिमा शिखर इन्स्योरेन्सले १ अर्ब १२ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख, आइजिआई प्रुडेन्सियलले ९० करोड ९लाख, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख र ओरिएण्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै पछिल्लो ३ महिनामा एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड, नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख र राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

साथै यस अवधिमा प्रभु इनस्योरेन्सले ४७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम बीमाशुलक संकलन गर्ने नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्