Logo

विश्वमा सबैभन्दा बढी तलब दिने देशमा स्विट्जरल्याण्ड पहिलो स्थानमा, यी देशमा पनि पाइन्छ महिनाकै लाखौ तलब ?

विश्वमा सबैभन्दा बढी तलब दिने देशमा स्विट्जरल्याण्ड पहिलो स्थानमा, यी देशमा पनि पाइन्छ महिनाकै लाखौ तलब ?



काठमाडौं । मानिसहरूले आफ्नो देश छोडेर अर्को देशमा काम गर्न दुई कारणहरू छन्, पहिलो कारण क्यारियर वृद्धिसँग सम्बन्धित छ । दोस्रो कारण राम्रो तलब हो । पछिल्ला वर्षहरुमा नेपाल, भारतजस्ता देशबाट मानिसहरु रोजगारीका लागि विदेश जाने प्रचलन निकै बढेको छ । धेरैजसो मानिस वैदेशिक रोजगारीमा जानुको प्रमुख कारण उनीहरुले विदेशमा पाउने उच्च पारिश्रमिक पनि हो । विदेशमा काम गर्दा कपिय देशमा आफुले पाउनेभन्दा तलब धेरै गुणा पाइने हुन्छ ।

विश्वमा कतिपय देश यस्ता छन् जहाँका नागरिकले उच्च तलबका लागि विदेश जानु पर्दैन । यसको कारण यो हो कि उनीहरुलाई आफ्नै देशमा यति धेरै तलब दिइन्छ कि उनीहरुले विदेश जाने सोच्दैनन् । विशेष गरि नेपाल, भारतजस्ता देशमा धेरै काममा कम तलबमा मानिसहरूले काम गरिरहेका छन् । संसारमा केहि देशहरू यस्ता छन् जहाँ मानिसहरूको औसत वार्षिक तलब हाम्रो जस्तो देशमा उच्च पदमा काम गर्ने व्यक्तिको जत्तिकै छ । यी देशहरूमा एक महिनाको तलब नेपालमा एक कर्मचारीलाई पूरै वर्षको तलब बराबर हुन्छ । यहाँ विश्वका सबैभन्दा बढी तलब दिइने देशको बारे जानकारी प्रस्तुत गरिएको छ ।

हङकङ

हङकङ विश्वमा सबैभन्दा बढी तलब पाउने देशमा परेको छ । यहाँको औसत मासिक तलब ४१७५ डलर छ । यसको कारण हङकङको वित्तीय क्षेत्र हो, जहाँ मानिसहरूले बैंकिङ, वित्त र कानुनी क्षेत्रमा काम गरिरहेका छन् ।

अमेरिका

अमेरिकाका मानिसहरूले हरेक महिना औसत ४,५५५ डलर तलब पाउँछन् । अमेरिकी अर्थतन्त्र धेरै विविध छ । आईटीदेखि वित्त, उत्पादनदेखि खेतीसम्मका उद्योगहरू यहाँ छन् । यसै कारण अमेरिकालाई अवसरको देश पनि भनिन्छ ।

सिङ्गापुर

एसियाको यो सानो देशमा मानिसले हरेक महिना औसत ४,७६५ डलर तलब पाउँछन् । दक्ष कामदारहरू, विशेष गरी वित्त र ईन्जिनियरिङ् क्षेत्रमा काम गर्नेहरू, सबैभन्दा धेरै तलब पाउनेछन् ।

लक्जेमबर्ग

युरोपको यो सानो देशलाई विश्वकै धनी देशमध्ये एक मानिन्छ । यहाँ मानिसहरूलाई प्रत्येक महिना औसत ५३०३ डलर तलब दिइन्छ । सानो देश भए पनि, लक्जेमबर्ग एक उत्कृष्ट वित्तीय केन्द्र हो ।

स्विट्जरल्याण्ड

विश्वको कुनै पनि देशको तुलनामा स्विट्जरल्याण्डमा सबैभन्दा बढी तलब दिइन्छ । यहाँ एक नागरिकले हरेक महिना औसत तलब ६,६३३ डलर पाउँछन् । यसको मुख्य कारण स्विजरल्याण्डको बलियो अर्थतन्त्र हो । फाइनान्स, फार्मा र टेक्नोलोजी उद्योगहरू यहाँ धेरै राम्रो छन् ।

प्रतिक्रिया दिनुहोस्