Logo

सुनको मार्केट क्याप चीनको जीडीपी बराबर पुग्यो, मूल्य ५ वर्षमा दोब्बर

सुनको मार्केट क्याप चीनको जीडीपी बराबर पुग्यो, मूल्य ५ वर्षमा दोब्बर



काठमाडौं । सुनको भाउले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुनको अन्तर्राष्ट्रिय मूल्य पहिलोपटक प्रति औंस २७५० नाघेको छ । योसँगै सुनको बजार पुँजी १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो ।

अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो पाँच वर्षमा सुनको बजार मूल्य दोब्बर भएको छ । यो वर्ष सुनको भाउ ३३ प्रतिशतले बढेको छ । अमेरिकाको मार्केट क्याप ५७ ट्रिलियन डलर छ भने बिटक्वाइनको मार्केट क्याप १.४ ट्रिलियन डलर छ ।

पश्चिम एसियामा जारी द्वन्द्व र अमेरिकी राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाका बीच सुनको भाउ बढेको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेपनि डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ र स्पष्ट विजेता कोृ बन्ने भन्ने देखिँदैन ।

यो अनिश्चितताले सुनको मूल्य वृद्धिमा थप काम गरिरहेको छ । जब संसारमा कुनै विपत्ति आउँछ वा अनिश्चितताको स्थिति उत्पन्न हुन्छ, सुन चम्कन्छ । यसको कारण यो हो कि यसलाई लगानीको सबैभन्दा सुरक्षित माध्यम मानिन्छ । यसपटक पनि लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित भएका छन् ।

नेपालमा कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि उकालो लागेको छ । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज पुनः प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २१ सय रुपैयाँ पुगेको छ । यसअघि नेपाली बजारमा सोमबार चाँदी प्रतितोला २१ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्