Logo

९ वर्षपछि उपभोक्ता मूल्य सुचकांकको आधारवर्ष परिवर्तन, समेटिए ५२५ वस्तु तथा सेवा

९ वर्षपछि उपभोक्ता मूल्य सुचकांकको आधारवर्ष परिवर्तन, समेटिए ५२५ वस्तु तथा सेवा



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वर्ष पछि नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना गर्दै आएकोमा अबदेखि २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको हो ।

राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्य भार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यता अनुसार आधार वर्ष परिवर्तन गरेको जानकारी दिएको छ । साथै राष्ट्र बैंकले उपभोग्य बस्तुलाई समेत परिवर्तन गरेको छ । यसअघ प्रयोग भएका तर हाल प्रयोगमा नआएका वस्तुलाई हटाएर हाल प्रयोग हुने वस्तुलाई थपिएको हो ।

राष्ट्र बैंकका अनुसार हाल ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिएको छ । जसमा प्रत्येक साता ५९ वस्तु तथा सेवा मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रूपमा ३ सय ७२ वस्तु तथा सेवाको मूल्य संकलन हुने भएको छ ।

यसैगरी यसअघि खाद्य तथा पेय पदार्थ समूहको भार ४३.९१ प्रतिशत रहेकोमा नयाँ आधार वर्षमा ४५.७९ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको भार ५६.०९ बाट ५४.२१ प्रतिशतमा झारिएको छ । राष्ट्र बैंकले पहिलो पटक संघीय संरचना अनुसार उपभोक्ता मूल्य सुचकांक प्रकाशित गर्ने भएको छ । साथै त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्