Logo

आठ महिनामा ४५२ ठूला कम्पनी टाट पल्टिए, अमेरिकी अर्थतन्त्र संकटमा परेको हो ?

आठ महिनामा ४५२ ठूला कम्पनी टाट पल्टिए, अमेरिकी अर्थतन्त्र संकटमा परेको हो ?



काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाका लागि पछिल्लो समय चुनैतीपूर्ण देखिएको छ । देशमा हजारौं साना ठूला कम्पनीहरु टाट पल्टिएका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नै देशमा ४ सय ५२ ठूला कम्पनी टाट पल्टिएका छन् ।

यो पछिल्लो १४ वर्षमा दोस्रो उच्च संख्या हो । सन् २०२० मा कोरोना महामारीको चपेटामा परेपछि लकडाउनका कारण वर्षको पहिलो आठ महिना अर्थात अगस्टसम्म ४६६ कम्पनी टाट पल्टिएका थिए । यस वर्षको अगस्टमा ६३ कम्पनी टाट पल्टिएका छन् भने जुलाईमा ४९ कम्पनी टाट पल्टिएका छन् । पछिल्लो चार वर्षमा अमेरिकी उद्योगका लागि अगस्ट चौथो सबैभन्दा खराब महिना थियो ।

क्षेत्रगत रूपमा कुरा गर्दा, उपभोक्ता विवेक क्षेत्र यस वर्ष अमेरिकामा सबैभन्दा बढी मारमा परेको छ । यस क्षेत्रका ६९ ठूला कम्पनीले टाट पल्टिएका छन् । त्यसपछि औद्योगिक क्षेत्र आउँछ । यस क्षेत्रका ५३ कम्पनी टाट पल्टिएका छन् भने स्वास्थ्य क्षेत्रका ४५ कम्पनी पनि टाट पल्टिएका छन् । यो महामारी पछि अमेरिकी अर्थव्यवस्था सुस्त रहेको छ । देशमा मन्दीको डरले रेकर्ड संख्यामा कम्पनीहरू टाट पल्टिने सम्भावना छ । देशमा बेरोजगारी बढेको छ र उपभोक्ता खर्च घटेको छ ।

वर्षैपिच्छे कुरा गर्ने हो भने सन् २०१० मा अमेरिकामा ८२७ ठूला कम्पनीहरु टाट पल्टिएका थिए । त्यतिबेला अमेरिकाको अर्थतन्त्र सन् २००८ को आर्थिक संकटबाट बाहिर निस्कन संघर्ष गरिरहेको थियो । सन् २०११ मा देशमा ६ सय ३४ कम्पनी टाट पल्टिएका थिए भने अर्को वर्ष २०१२ मा यो संख्या ५ सय ८६ थियो । २०१३ मा ५५८, २०१४ मा ४७१, २०१६ मा ५२४, २०१७ मा ५२०, २०१९ मा ५१८, २०२० मा ६३८, २०२१ मा ४०६, २०२२ मा ३७२ र २०२२ मा ६३४ कम्पनी टाट पल्टिएका थिए ।-अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL