Logo

कोरोना बीमाको भुक्तानी नपाएपछि बीमक आक्रोशित, ११ अर्ब नदिएको भन्दै सर्वाेच्चमा रिट

कोरोना बीमाको भुक्तानी नपाएपछि बीमक आक्रोशित, ११ अर्ब नदिएको भन्दै सर्वाेच्चमा रिट



काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको रकम भुक्तानी नभएको भन्दै बीमकहरु सर्वाेच्च अदालत पुगेका छन् । नेपाल बीमक संघले आईतबार सरकारलाई विपक्षी बनाउँदै सर्वाेच्चमा रिट दायर गरेको हो ।

सरकारले कोरोना बीमाको करिव ११ अर्ब रुपैयाँ बिमकहरुलाई भुक्तानी गर्न बाँकी रहेको र हालसम्म पनि उक्त भुक्तानीमा सरकारले चासो नदेखाएको भन्दै अन्तरिम आदेश माग गर्दै रिट दायर भएको हो । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

यसअघि महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं बार्षिक प्रतिवेदनले पनि कोरोना बीमाको दावी भुक्तानी गर्नुपर्ने औँल्याएको थियो । कोरोना बीमाको दावी भुक्तानीको व्यवस्था मिलाउन सुझाव दिएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार बीमाको दायित्व भुक्तानी गर्ने जिम्मेवारी १ अर्ब रुपैयाँसम्मको सम्बन्धित बीमा कम्पनी, १ देखि २ अर्ब सम्मको पुनर्बीमा कम्पनी, साढे २ अर्बसम्मको महाविपत्ति पुल, ३ अर्ब सम्मको बीमा समिति र सोभन्दा माथिको नेपाल सरकारको हुने उल्लेख छ ।

सोही अनुसार अघिल्लो बर्ष सरकारको तर्फबाट दायित्व बहन गर्ने गरी बीमा प्राधिकरणलाई १ अर्ब भुक्तानी दिईएपनि हालसम्म अझै ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL