Logo

विश्व व्यापारमा साना देशको वर्चश्व : भारतको निर्यात ताइवानभन्दा पनि कम, अमेरिका पनि चीनभन्दा धेरै पछाडि

विश्व व्यापारमा साना देशको वर्चश्व : भारतको निर्यात ताइवानभन्दा पनि कम, अमेरिका पनि चीनभन्दा धेरै पछाडि



काठमाडौं । भारत विश्वको सबैभन्दा द्रुत बृद्धि भइरहेको अर्थतन्त्र हो तर, निर्यात व्यापारमा भारत विश्वका धेरै साना देशहरू भन्दा निकै पछाडि छ । स्टाटिस्टा डटकमका अनुसार सन् २०२३ मा विश्वका १६ देशको निर्यात भारतभन्दा बढी थियो । यसमा दक्षिण कोरिया, बेल्जियम, हङकङ, सिंगापुर, ताइवान र युएई जस्ता साना देशहरू पर्छन् ।

चीनको निर्यात भारतको भन्दा झण्डै आठ गुणा बढी थियो । भारतले सन् २०२३ मा कुल ४३२.३४ अर्ब डलरको निर्यात गरेको थियो भने विश्वको फ्याक्ट्री भनिने चीनको निर्यात ३३८०.०२ अर्ब डलर थियो । चीनपछि निर्यात धेरै गर्ने देशमा अमेरिका, जर्मनी, नेदरल्याण्ड, जापान, इटाली र फ्रान्स छन् ।

गत वर्ष, अमेरिकाले विश्वभरका बजारहरूमा कुल २०१९.५४ बिलियन डलरको सामानहरू निर्यात गरेको थियो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी यस सूचीमा तेस्रो स्थानमा छ । गत वर्ष यसको निर्यात १,६८८.४२ अर्ब डलर थियो । नेदरल्याण्डले गत वर्ष कुल ९३४.५७ अर्ब डलर निर्यात गरेको थियो ।

यस सूचीमा अर्को नाम जापान हो जुन विश्वको चौथो ठूलो अर्थतन्त्र हो । जापानले सन् २०२३ मा ७९८.२५ बिलियन डलरको निर्यात गरेको थियो । इटालीले ७१७.३२ अर्ब डलर, फ्रान्सले ६४८.९६ अर्ब डलर, दक्षिण कोरियाले ६४८.४८ अर्ब डलर र मेक्सिकोले ५९३.०१ अर्ब डलर निर्यात गरेका थिए ।

यो सूचीमा हङकङ दशौं नम्बरमा परेको छ । चीनको हिस्सा बनेको हङकङले गत वर्ष कुल ५७३.८७ अर्ब डलर निर्यात गरेको थियो । हङकङले मुख्यतया इलेक्ट्रोनिक्स निर्यात गर्छ । युएईले ५२०.६९ अर्ब डलरको निर्यात गरेको छ भने सिंगापुरको निर्यात ४८७.७८ अर्ब डलर रहेको छ । यस अवधिमा ताइवानले ४७६.२५ अर्ब डलर निर्यात गरेको थियो । यो सूचीमा भारत १७ नम्बरमा छ । भारतले गत वर्ष ४३२.३४ अर्ब डलर निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL