काठमाडौं । यसै साता राजधानी बेइजिङमा चीनले ५० अफ्रिकी देशको शिखर सम्मेलन आयोजना गर्नेछ । यसपटक चीन–अफ्रिका फोरममा बेइजिङले पूर्वाधार विकासका लागि आफ्नो मेगा प्रोजेक्टको सट्टा अफ्रिकी देशहरूमा विद्युतीय सवारी साधन (इभी) र सौर्य ऊर्जाबाट चल्ने प्रविधि प्रस्तुत गर्ने विश्वास गरिएको छ । विज्ञहरूका अनुसार चीनको यो कदम पश्चिमी देशहरू विशेषगरी युरोपेली संघ (इयु) सँग ईभीलाई लिएर चलिरहेको विवादबाट प्रभावित भएको छ ।
तीन वर्षमा एकपटक आयोजना हुने यस कार्यक्रममा दर्जनौं अफ्रिकी नेताहरू बेइजिङ आउँदैछन् । विज्ञहरूका अनुसार चीनलाई यी नयाँ वाचाहरूमा विश्वास दिलाउन सजिलो हुने छैन । चीनले आफ्ना पुराना वाचाहरू कसरी पूरा गर्ने योजना बनाएको छ भनेर सहभागी देशहरूले जान्न चाहन्छन् । उदाहरणका लागि सन् २०२१ को सम्मेलनमा चीनले ३ सय अर्ब डलरको सामान खरिद गर्ने कुरा गरेको थियो, जुन अहिलेसम्म पूरा भएको छैन् । साथै पूर्वाधार निर्माणका ठूला आयोजना पनि अधुरा छन् ।
कोभिडपछि अफ्रिकाबाट व्यापारमा कमी
डा. अभिषेक मिश्रा मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसका फेलो एसोसिएट हुन् । उनले भने, ‘कोभिडपछि चीनको अफ्रिकासँगको व्यापारमा कमी आएको कुरा सत्य हो । त,र चीनको अर्थतन्त्र पुनः ट्रयाकमा फर्किएको छ । हुनान प्रान्तको राजधानी चाङ्सामा चीनले नियमित रूपमा अफ्रिकी अर्थतन्त्र र व्यापार प्रदर्शनी आयोजना गर्छ, चीनको ट्यारिफले केन्याबाट सिट्रस फलफूल र तान्जानियाली एभोकाडो, सुकेको खुर्सानी, कफी आदि जस्ता अफ्रिकी कृषि निर्यातहरू बढाइरहेको छ ।’
चीनले अफ्रिकालाई दिइने ऋणको सर्त परिवर्तन गर्न थालिसकेको छ । सोलार फार्म, ईभी प्लान्ट र फाइभजी वाईफाई सुविधा महँगो बनाइएको छ । पुल, बन्दरगाह र रेलमार्गजस्ता योजनामा कटौती गरिएको छ । बोस्टन युनिभर्सिटीको सेन्टर फर ग्लोबल डेभलपमेन्ट पोलिसीको तथ्यांकले देखाउँछ कि गत वर्ष चीनले ८ अफ्रिकी देश र दुई क्षेत्रीय बैंकहरूलाई मात्रै ४.२ बिलियन डलर बराबरको १३ लाइन ऋण प्रस्ताव गरेको थियो । जसमध्ये जलविद्युत र सौर्य आयोजनाका लागि करिब ५० करोड डलर प्रस्ताव गरिएको थियो ।
भूराजनीतिक संघर्ष
बजार हिस्सा गुमाउनबाट बच्न अमेरिकाजस्ता चीनका भूराजनीतिक प्रतिद्वन्द्वीहरूले पनि अफ्रिकी नेताहरूलाई खातिरदारी गर्न थालेका छन् । चीनले बोत्सवाना, नामिबिया र जिम्बाब्वेजस्ता देशहरूबाट तामा, कोबाल्ट र लिथियम जस्ता खनिजहरूमा व्यापार गर्न खोजिरहेको छ । हालका वर्षहरूमा बेलायत, इटाली, रुस र दक्षिण कोरियाले पनि यस क्षेत्रका युवाहरूको सम्भावनालाई प्रमुखता दिँदै अफ्रिका शिखर सम्मेलनहरू आयोजना गरेका छन् । अभिषेक मिश्रा भन्छन् कि सन् २००० सम्म चीनको अफ्रिकामा कुनै ध्यान थिएन । चीन नयाँ शताब्दीमा विश्व व्यापार संगठन (डब्लुटीओ) को एक हिस्सा बन्यो । त्यसपछि चीन–अफ्रिका सहयोग फोरम (फोक्याक) गठन भयो । बिस्तारै चीन विश्वको सबैभन्दा ठूलो निर्यातक बन्यो ।
वर्षैपिच्छे, चीनले अफ्रिकी देशहरूलाई अर्बौं डलर ऋण र आफ्ना ठूला परियोजनाहरू वितरण ग¥यो । यसको बदलामा चीनले अफ्रिकाकोे स्रोतसाधन प्रयोग गरेको विज्ञहरू बताउँछन् । २०१३ मा, चीनको ध्यान अफ्रिकामा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा राजमार्ग, रेलमार्ग, बन्दरगाह आदिको अन्तरमहादेशीय पूर्वाधार विकास गर्न थियो । मिश्रा भन्छन्, ‘अहिले चीनको ध्यान अफ्रिकी युवाहरूलाई छात्रवृत्ति प्रदान गर्ने र सुरक्षा र राजनीतिक साझेदारीलाई सुदृढ गर्नेतर्फ केन्द्रित छ । तर ‘ऋण जाल कूटनीति’, शंकास्पद सम्झौता, श्रम र वातावरणीय चिन्ताले अफ्रिकालाई चिनियाँ ऋणमा सहुलियत र प्राथमिकता भएपनि ऋण लिने क्रम घटेको छ ।’
उपनिवेशवादको आरोप
कोभिड महामारीपछि धेरै पश्चिमी देशहरूले आफ्नो विशेष ध्यान अफ्रिकामा केन्द्रित गरेका छन् । संयुक्त राष्ट्रको तथ्याङ्कअनुसार सन् २०२१ मा अफ्रिकामा विदेशी लगानी ८,३०० मिलियन डलर पुगेको छ । यो संख्या २०२० मा भएको रकमभन्दा दोब्बर हो । पछिल्लो दशकमा अमेरिका र युरोपले अफ्रिकी मुलुकमा धेरै लगानी गरेका छन् । विज्ञहरूका अनुसार लगानी बढाउनु भनेको सम्बन्धित क्षेत्रमा पहुँच बढाउनु पनि हो । भविष्यमा, यसले प्रभुत्व बढाउन मद्दत गर्न सक्छ ।
सेन्टर फर इन्टरनेशनल प्राइभेट इन्टरप्राइजेजले पश्चिमी र चिनियाँ लगानीको बारेमा आफ्नो हालैको प्रतिवेदनमा भनेको छ,‘अफ्रिकामा केही पश्चिमी लगानीहरू पर्याप्त वातावरणीय सुरक्षाहरू बिना नै भइरहेको छ, जसले गर्दा उनीहरूले महाद्वीपको शोषण गरिरहेका छन् ।’ जोखिम व्यवस्थापन फर्म इबीआइआईका सीईओ एडोजा एडिजी औंल्याउँछन्, ‘यदि तपाईंले अमेरिकी सरकारलाई हेर्नुभयो भने, अफ्रिकामा उनीहरूको चासो बढेको छ । उनीहरूले विभिन्न विभागहरू स्थापना गर्ने प्रयास गरेका छन् । जुन कदम चालिरहेको छन् त्यो अफ्रिकालाई ‘सहयोग’ प्रदान गर्न होइन, तर तिनीहरूसँग ‘साझेदारी’ लाई बढावा दिनमात्र हो ।’
युद्ध पनि एक समस्या हो
तेलदेखि पूर्वाधार र कृषिसम्म, अफ्रिका विश्वभरका ठूला देशहरूको नजरमा छ । विश्लेषकहरूका अनुसार युक्रेन र रुसबीचको युद्धपछि अफ्रिकातर्फ पश्चिमी देशहरूको झुकाव बढेको छ । यसको एउटा कारण उनीहरूले रूसी ऊर्जा स्रोतहरूमा निर्भरता घटाउनुपर्ने देखिन्छ । नामिबियामा जर्मन ग्रीन हाइड्रोजन परियोजना पहिले नै संलग्न छ । युरोपियन युनियनको पैसा पनि यसमा आंशिक रूपमा लगानी गरिएको छ ।
चीन-अफ्रिका सम्मेलनबाट अपेक्षाहरू
यस सम्मेलनमा तीन ठूला विषयमा छलफल हुने सम्भावना रहेको विश्वास छ । यी विषयहरू दिगो र हरित ऊर्जा, दिगो ऋण नीतिहरू र कृषि प्रवद्र्धन गरेर विश्वव्यापी मूल्य श्रृंखलामा भ्यालु बढाउनु । रोयटर्सको रिपोर्टका अनुसार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आफ्नो देशको बेइजिङसँगको व्यापार घाटा कम गर्न चाहेको बताएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन दक्षिण अफ्रिकाको विश्वव्यापी व्यापारिक साझेदार हो । गत वर्ष चीनबाट आयातको मूल्य निर्यातको तुलनामा धेरै थियो ।
मिश्रा भन्छन्, ‘चीनको भन्सारको सामान्य प्रशासनका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म चीन र अफ्रिकाबीच १६७ अर्ब डलरको व्यापार भएको छ, जसमध्ये चीनले अफ्रिकामा करिब ९७ अर्ब बराबरको सामान निर्यात गरेको छ र अफ्रिकाबाट ६९ अर्ब रुपैयाँको सामान चीन निर्यात भएको थियो जसमध्ये दुई तिहाइ कच्चा पदार्थ अफ्रिकाबाट आएको थियो । इयुको प्रस्तावित ट्यारिफ बृद्धिको सामना गर्न चीनलाई अफ्रिकाको सहयोग चाहिन्छ । यही समयमा अफ्रिका विशेष गरी दक्षिण अफ्रिकालाई उनीहरूको पूर्वाधार, बन्दरगाह, सडक जडान, तर वातावरण वा तिनीहरूको अर्थतन्त्र र उधारो क्षमतालाई हानि नगरी दिगो, नैतिक र निष्पक्ष रूपमा निर्माण गर्न मद्दत गर्न चीनको आवश्यकता छ । यी विषयहरुको बहसको हिसाबले यो सम्मेलन रोचक हुनेछ । अनुवाद गरिएको