Logo

१४ निर्जीवन बीमा कम्पनीले १ महिनामै संकलन गरे ४ अर्ब २६ करोड बीमाशुल्क, कसको कति ?

१४ निर्जीवन बीमा कम्पनीले १ महिनामै संकलन गरे ४ अर्ब २६ करोड बीमाशुल्क, कसको कति ?



काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले गएको साउन महिनामा मात्रै ४ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामै नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा यी कम्पनीहरुले २ लाख २१ हजार वटा बीमालेख जारी गरेर उक्त शुल्क संकलन गरेको देखिन्छ ।

बीमा प्राधिकरणका अनुसार साउन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको देखिएको छ । तथ्यांक अनुसार उक्त कम्पनीले साउनमा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस्तै यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरी धेरै बीमाशुल्क संकलन गर्ने दोस्रो कम्पनी बनेको छ ।

साउनमा शिखर इन्स्योरेन्सले ३६ करोड ८८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३२ करोड ६० लाख, नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख, आइजिआई प्रुडेन्सियलले ३० करोड ६२ लाख र ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसै अवधिमा नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख, राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख र एनएलजी इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणले दिएको जानकारी अनुसार साउनमा नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख र प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा जारी भएका बीमालेखहरुको कुल बीमांक रकम भने १५ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको छ । यता नेपालमा संचालित ४ लघु निर्जीवन बीमा कम्पनीहरुले भने साउन महिनामा २० हजार २ सय ४३ बीमालेख जारी गरी ५ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार ४ लघु निर्जीवन बीमा कम्पनीहरुमध्ये यस अवधिमा सबैभन्दा बढी नेपाल माइक्रो लघु निर्जीवन बीमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै प्रोटेक्टीभ माइक्रो बीमा कम्पनीले १ करोड ३६ लाख, स्टारले १ करोड १८ लाख र ट्रस्टले १ करोड २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL