Logo

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड, पहिलोपटक प्रतिऔंस २५ सय डलर पुग्यो सुन

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड, पहिलोपटक प्रतिऔंस २५ सय डलर पुग्यो सुन



काठमाडौं । विश्व बजारमा पछिल्लो सय निरन्तर उकालो लय समातेको सुनको भाउ बढ्ने क्रम रोकिने संकेत देखिदैन । यो लहरमा सुनको भाउ लगातार नयाँ कीर्तिमानी उचाइमा पुगेको छ । अब पहेँलो धातुले अर्को नयाँ कीर्तिमान बनाएको छ र स्पट बजारमा पहिलोपटक प्रति औंस २ हजार ५ सय डलरको स्तरमा पुगेको छ ।

ब्लुमबर्गको प्रतिवेदनअनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा तत्काल डेलिभरीका लागि सुनको भाउ प्रति औंस २ हजार ५ सय डलर पुगेको छ । यसरी पहेँलो धातुले गत महिना बनेको सर्वकालीन उच्च स्तरको कीर्तिमान पार गर्दै नयाँ ऐतिहासिक उच्च स्तरको कीर्तिमान कायम गरेको छ । इतिहासमै पहिलो पटक स्पट सुनको मूल्य २५ सय डलर पुगेको हो ।

किन बढ्यो सुनको भाउ

जानकारहरुका अनुसार अहिले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले चाँडै ब्याज दर घटाउन थाल्छ भन्ने आशाले सुनको मूल्य वृद्धिमा मद्दत गरिरहेको छ । फेडरल रिजर्भले अर्को महिना हुने फेडरल ओपन मार्केट कमिटी बैठक (एफओएमसी बैठक)बाट ब्याजदर घटाउन थाल्ने विश्वास लिइएको छ । यदि ब्याजदर घट्यो भने, लगानीकर्ताहरूले विकल्प खोज्न थाल्नेछन्, जसले सुन र अन्य बहुमूल्य धातुहरूको बजार थप बढनेछ ।

कम ब्याजदरको वातावरण

अमेरिकाको आर्थिक तथ्याङ्कले फेडरल रिजर्भका लागि ब्याजदर घटाउनका लागि निरन्तर अवस्था सिर्जना गरिरहेको छ । पहिलो, बेरोजगारीमा भएको अत्याधिक वृद्धिका कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मन्दीमा फस्ने डर छ । अहिले रियल स्टेट क्षेत्रको तथ्याङ्क खराब रहेको बाहिर आएको छ । यी सबै तथ्याङ्कले फेडरल रिजर्भले ब्याजदर घटाउने निर्णयलाई थप समयका लागि स्थगित गर्न नसक्ने अवस्था सिर्जना गरिरहेको छ ।

पश्चिम एसिया संकट पनि कारण

सस्तो ब्याजदरको अवधि बहुमूल्य धातुहरू विशेष गरी सुनको लागि राम्रो मानिन्छ । जब ब्याज दर उच्च रहन्छ, लगानीकर्ताहरू उच्च प्रतिफलको खोजीमा बन्डहरूमा फर्कन्छन् । ब्याजदर घटेपछि सुन किन्न थाल्छन् । यसअघि विश्वव्यापी अनिश्चितताका कारण सुनले समर्थन पाइरहेको थियो । पश्चिम एसियामा बढेको तनावका कारण सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । युद्ध र आर्थिक अनिश्चितताको वातावरणमा लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रूपमा लिएर खरिद गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL