काठमाडौं । संसारमा धेरै धनीहरु छन् जो जन्मिदै ठूलो एम्पायरको विरासत प्राप्त गर्दछन र त्यही विरासतका आधारमा धनीको सूचीमा अगाडि रहन्छन् । तर, संघर्षका आधारमा नयाँ उचाइ प्राप्त गर्ने धनीहरु (सेल्फ मेड) पनि धेरै छन् । तीमध्ये एकजना चिनियाँ व्यवसायी हुन् । मध्यमवर्गीय परिवारमा जन्मेका यी व्यक्ति आज चीनको सबैभन्दा धनी व्यापारी बनेका छन् ।
एक चिनियाँ व्यक्तिले बिना कुनै पृष्ठभूमि धमाधम यति धेरै पैसा कमाए कि उनी चीनको सबैभन्दा धनी व्यक्ति बने । उक्त व्यक्तिको नाम कोलिन ह्वाङ हो । जसले आफ्नै बलमा सम्पत्ति कमाए । कोलिन चीनमा इ–कमर्स प्लेटफर्मका संस्थापक हुन् । उनले आफ्नो कम्पनीको आईपीओ पनि ल्याएका छन् र अमेरिकामा कम्पनी पनि खोलेका छन् ।
कठिन परिस्थितिहरुसँग जुध्दै उनले आफूलाई प्रमाणित र नयाँ उचाई हसिल गरे । कोलिनको जन्म जनवरी १९८० मा एक मध्यमवर्गीय परिवारमा भएको थियो । उनका बाबुआमा कारखानामा काम गर्थे। पैसा कमाउन कति मेहनत गर्नुपर्छ भन्ने कुरा उनले आफ्ना आमाबुवाबाट सिके । कोलिनले कम्प्युटर विज्ञानमा स्नातक गरे । पछि उच्च शिक्षाका लागि अमेरिका गए । त्यहाँ उनले २००४ मा विस्कन्सिन–म्याडिसन विश्वविद्यालयबाट मास्टर डिग्री प्राप्त गरे ।
गुगल र माइक्रोसफ्टमा काम गरे
पढाइ सकेपछि कोलिनले गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीमा काम गरे । कोलिनले यी कम्पनीहरूमा काम गर्दा टेक्नोलोजी र व्यवसाय व्यवस्थापनमा आफ्नो सीपलाई निखारे । केही वर्ष काम गरेपछि उनी व्यवसायमा लागे । सन २०१५ मा, कोलिनले पिंडुओडुओ नामक ई–कमर्स प्लेटफर्म सुरु गरे । यो लन्च हुने बित्तिकै, यो चीनमा सबैभन्दा द्रुत बृद्धि हुने प्लेटफर्म भयो । यसले ग्राहकहरूलाई यस्ता धेरै अफरहरू दियो जसले गर्दा यसको द्रुत व्यापार बृद्धि भएको थियो ।
आईपीओले बढ्यो व्यापार
चीनमा सफलता पाएपछि कोलिनले आफ्नो व्यवसायलाई विश्वका अन्य देशहरूमा पनि लैजान चाहेका थिए । उनले सन् २०१८ मा आइपीओ ल्याएका थिए । यसमार्फत १.६ अर्ब डलर उठाइएको थियो । सेप्टेम्बर २०२२ मा, कोलिनले आफ्नो व्यवसायलाई चीनबाट बाहिर निकाले र अमेरिकामा इ–कमर्स प्लेटफर्म टेमु सुरु गरे । केही समयभित्रै यो प्लेटफर्म धेरै प्रसिद्ध भयो र अमेरिकाको शीर्ष किनमेल एपहरू मध्ये एक बन्यो ।
कति छ सम्पत्ति ?
आफ्नो व्यवसायको निरन्तर सफलताको कारण कोलिन धनी बन्दै गए । कोलिनसँग हाल ४६.६ बिलियन डलर (६१ खर्ब बढी नेपाली रुपैयाँ) को सम्पत्ति छ । कोलिनले चिनियाँ धनी जोङ शानशानलाई पछाडि छोडेका छन् । झोङलाई चीनमा पानी व्यवसायको राजा मानिन्छ । एसियाका धनीहरुको सूचीमा कोलिन चौथो स्थानमा छन् । पहिलो नम्बरमा मुकेश अम्बानी र दोस्रोमा गौतम अडानी छन् । तेस्रो नम्बरमा इन्डोनेसियाका प्राजोगो पंगेस्टु छन् । यसपछि चौथो नम्बरमा कोलिन ह्वाङको नाम आउँछ । अनुवाद गरिएको