Logo

जीवन बीमा कम्पनीले संकलन गरे साढे १ खर्ब बढी बीमाशुल्क, कसले कति संकलन गरे ?

जीवन बीमा कम्पनीले संकलन गरे साढे १ खर्ब बढी बीमाशुल्क, कसले कति संकलन गरे ?



काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष साढे १ खर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी नेपालका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ३७ लाख ७४ हजार ६३५ वटा बीमालेख जारी गरेका छन् ।

यसरी संकलन गरेको बीमाशुल्कमध्ये सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले यस अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस्तै यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २० करोड, एलआइसी नेपालले १८ अर्ब १० करोड रुपैयाँ र हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार यसै अवधिमा सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ, एशियन लाइफले ८ अर्ब ५ करोड, सिटिजन लाइफले ६ अर्ब २१ करोड, सानिमा रिलयान्स लाइफले ६ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी यस अवधिमा मेट लाइफले ५ अर्ब ६७ करोड आइएमई लाइफले ४ अर्ब ७४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड, सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

असारमै २२ अर्ब बढीको बीमाशुल्क संकलन

नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले असार महिनामा मात्रै २२ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार असारमा जीवन बीमा कम्पनीहरुले ५ लाख ५५ हजार बढी बीमालेख जारी गरी २२ अर्ब ७० करोड ५५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हो ।

एक बर्षमा ३४ अर्ब बढी प्रथम बीमाशुल्क संकलन

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक बर्षभरी जीवन बीमा कम्पनीहरुले ३४ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार यस अवधिमा ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL