Logo

एक बर्षमा निर्जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब बीमाशुल्क, कसको कति ?

एक बर्षमा निर्जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब बीमाशुल्क, कसको कति ?



काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले एक बर्षको अवधिमा ४१ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०८०/८१ मा २ करोड ८४ लाख ९९ हजार बीमालेख विक्री गरेर ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार यी बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असारमा मात्रै ४ अर्ब ८४ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ । असारमा बीमा कम्पनीहरुले २ लाख ४१ हजार बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

गत आवभरी भने सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्स आर्जन गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार कम्पनीले एक बर्षको अवधिमा३ लाख १७ हजार बीमालेख जारी गरी ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
यस्तै यसै अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५८ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ७२ करोड र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै नेको इन्स्यारेन्सले ३ अर्ब १४ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड, सानिमा जिआइसीले २ अर्ब ६१ करोड र एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।

यी कम्पनीहरुले गत आवभरी आर्जन गरेको कुल बीमाशुल्क अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा भने २ दशमलव ३९ प्रतिशतले बढी हो । अघिल्लो आव २०७९।८० मा निर्जीवन बीमा कम्पनीहरले ४० अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL