Logo

यी हुन विश्वमा सबैभन्दा बढी ऋण भएका १५ देश

यी हुन विश्वमा सबैभन्दा बढी ऋण भएका १५ देश



काठमाडौं । विश्वका धेरै देशले ऋण लिएर आफ्नो अर्थतन्त्र चलाइरहेका छन् । तर, के तपाईलाई थाहा छ संसारको सबैभन्दा ठूलो ऋणी राष्ट्र कुन हो ? हालै वल्र्ड अफ स्ट्याटिस्टिक्सले विश्वका ती देशहरूको सूची सार्वजनिक गरेको छ ।

यस सूचीमा शीर्ष १० देशहरूमा अमेरिका, चीन, जापान, बेलायत, फ्रान्स, इटाली, भारत, जर्मनी, क्यानडा र ब्राजिल पर्छन् ।

अमेरिका विश्वको सबैभन्दा ठूलो ऋणी देशहरूमा पहिलो स्थानमा छ । यो देशमा ३३,२२९ अर्ब डलर ऋण छ । ऋणको हिसाबले दोस्रो नम्बरमा चीनको नाम आउँछ र यो देशमा सन् २०२३ मा १४ हजार ६ सय ९२ अर्ब डलर ऋण थियो ।

यो सूचीमा जापानको नाम तेस्रो स्थानमा छ । जापानको १० हजार ७ सय ९७ अर्ब डलर ऋण छ । ऋणको हिसाबले चौथो स्थानमा बेलायतको नाम आउँछ । यो देशमा ३ हजार ४ सय ६९ अर्ब डलर ऋण छ ।

विश्वका ऋणी देशको सूचीमा फ्रान्सको नाम पाँचौं स्थानमा छ । जसको ३ हजार ३ सय ५४ अर्ब डलर ऋण छ । ऋणी देशहरूको सूचीमा आठौं स्थानमा छ । सन् २०२३ सम्ममा भारतसँग ३,०५७ बिलियन डलर ऋण छ ।

विश्वमा सबैभन्दा बढी ऋण भएका १५ देशहरू

१. संयुक्त राज्य अमेरिका: ३३,२२९ अर्ब डलर
२. चीन: १४,६९२ अर्ब डलर
३. जापान: १०,७९७ अर्ब डलर
४. बेलायत: ३,४६९ अर्ब डलर
५. फ्रान्स: ३,३५४ अर्ब डलर
६. इटाली : $३,१४१ बिलियन
७. भारत: $3,057 बिलियन
८. जर्मनी: $2,919 बिलियन
९. क्यानडा: $2,253 बिलियन
१०. ब्राजिल: $1,873 बिलियन
११. स्पेन: $1,697 बिलियन
१२. मेक्सिको: $955 बिलियन
१३. दक्षिण कोरिया: $924 बिलियन
१४. अष्ट्रेलिया : $876 बिलियन
१५. सिंगापुर: $835 बिलियन

प्रतिक्रिया दिनुहोस्
MBL