Logo

भारतको केन्द्रीय बजेट आज प्रस्तुत हुँदै, लगातार सातौंपटक बजेट पेश गर्दै वित्तमन्त्री निर्मला सीतारमण

भारतको केन्द्रीय बजेट आज प्रस्तुत हुँदै, लगातार सातौंपटक बजेट पेश गर्दै वित्तमन्त्री निर्मला सीतारमण



काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले आज नरेन्द्र मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्दैछिन । निर्धारित समय अनुसार विहान ११ बजे अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

विशेषगरी मध्यमवर्ग, किसान, कर्मचारी र महिलाले यो बजेटबाट ठूलो अपेक्षा गरेका छन् । यस वर्षको फेब्रुअरीमा प्रस्तुत गरिएको बजेट अन्तरिम बजेट थियो किनभने दुई महिनापछि लोकसभा चुनाव हुन लागेको थियो । मोदी सरकारको सन् २०४७ सम्ममा विकसित भारत बनाउने लक्ष्यको झलक यस बजेटमा पनि देखिने बताइएको छ ।

मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेटमा सबैको नजर कर छुटमा रहेको छ । यसपटक करको स्ल्याबमा पनि फेरबदल हुनसक्ने विज्ञहरू बताउँछन् । श्रमिक वर्गले कर स्ल्याबमा राहतको अपेक्षा गरेका छन् ।

केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले आज लगातार सातौं पटक २०२४–२५ को केन्द्रीय बजेट प्रस्तुत गर्दैछिन् । अर्थमन्त्रीले २०२४–२५ को सरकारको अनुमानित प्राप्ति र व्ययको बारेमा राज्यसभामा एक वक्तव्य (अंग्रेजी र हिन्दीमा) प्रस्तुत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL