Logo

अमेरिका र साउदी अरेबियाबीचको ‘पेट्रोडलर सम्झौता’ के हो ? नवीकरण नहुँदा के असर पर्छ ?

अमेरिका र साउदी अरेबियाबीचको ‘पेट्रोडलर सम्झौता’ के हो ? नवीकरण नहुँदा के असर पर्छ ?



पेट्रोडलर डिलअन्तर्गत अमेरिका र साउदी अरेबियाबीच ५० वर्षअघि सम्झौता भएको थियो । यदि यो सम्झौता नवीकरण भएन भने भविष्यमा यसको असर विश्व बजारमा देखिन सक्छ ।

काठमाडौं । अमेरिका र साउदी अरेबिया बीचको ‘पेट्रोडलर सम्झौता’ पूरा भएको छ । हालैका केही मिडिया रिपोर्टहरूमा यस्तो दाबी गरिएको छ । दुई देशबीच विगत ५० वर्षदेखि चलिरहेको यो सम्झौता सन् २०२४ को जुनमा सकिएकोे बताइएको छ, जुन सन् १९७४ को जुनमा लागू भएको थियो । मिडिया रिपोर्टमा यो पनि दावी गरिएको छ कि साउदी अरबले पेट्रोडलर सम्झौता नवीकरण गर्न अस्वीकार गरेको छ, यो चिन्ताको प्रमुख कारण बनेको छ ।

के हो पेट्रोडलर सम्झौता ?

यो सम्झौताअनुसार साउदी अरेबियाजस्ता ठूलो तेल उत्पादक देशले अमेरिकी डलरमा मात्र कच्चा तेल बेच्नुपर्ने थियो । अब यो सम्झौता अघि नबढ्दा विश्व वित्तीय बजारमा डलरको अवस्था कमजोर हुने चिन्ता छ । यसले आगामी दिनमा अन्य बजारमा पनि प्रभाव पार्नेछ । यो सम्झौता अन्तर्गत साउदी अरेबियाले अमेरिकालाई अमेरिकी डलरमा तेल बेच्ने सहमति गरेको थियो । बदलामा उसलाई अमेरिकाबाट सैन्य सहायता र हतियार दिइयो । ‘पेट्रोडलर’ भन्नाले साउदी अरब जस्ता तेल बेच्ने देशहरूले तेलको व्यापारबाट प्राप्त हुने डलर हो ।

किन भयो सम्झौता ?

साउदी अरेबियाले सन् १९७० को दशकमा मुख्यतया इरान र अन्य देशबाट सुरक्षा प्राप्त गर्न यो सम्झौता गरेको थियो । त्यतिबेला अमेरिका र इरानबीच तनाव बढेको थियो । साउदी अरेबियालाई इरानले आक्रमण गर्न सक्ने डर थियो । यस्तो अवस्थामा अमेरिकाले साउदी अरेबियालाई सुरक्षा दिने बदलामा अमेरिकी डलरमा मात्रै तेल बेच्न राजी भएको थियो । यसपछि अमेरिकी डलर विश्व बजारमा प्रमुख मुद्रा बन्यो ।

डलरबाहेक अन्य मुद्रामा पनि बिक्री हुनेछ

यस्तो अवस्थामा यो सम्झौता पूरा भएपछि साउदी अरब अमेरिकी डलरमा मात्रै तेल बिक्री गर्न बाध्य छैन् । साउदी अरबले अब आफ्नो मनपर्ने कुनै पनि मुद्रामा तेल बेच्न सक्नेछ । विशेष कुरा के छ भने अब अमेरिकी डलरबाहेक साउदी अरेबियाले चिनियाँ युआन, जापानी येन, भारतीय रुपैयाँ र युरोजस्ता विभिन्न मुद्रामा तेल बिक्री गर्नेछ ।

यस तथ्यलाई २०१६ सम्म लुकाएर राखिएको थियो

यूबीएस ग्लोबल वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री पाउल डोनोभानले एक ब्लग पोस्टमा अमेरिका र साउदी अरेबियाले सन् १९७४ को जुनमा आर्थिक सहयोगका लागि संयुक्त आयोग स्थापना गरेको बताए । यसको उद्देश्य साउदी अरेबियालाई अमेरिकी उत्पादनहरूमा अचानक प्राप्त भएको ठूलो डलर खर्च गर्न मद्दत गर्नु थियो । सोही वर्षको जुलाईमा साउदी अरबले आफ्नो तेलबाट कमाएको डलर अमेरिकी ट्रेजरी बिल (सरकारी ऋणपत्र) मा लगानी गर्न सहमत भयो । यो कुरा सन् २०१६ सम्म लुकाएर राखिएको थियो ।

पल डोनोभानका अनुसार जनवरी २०२३ मा साउदी अरेबियाले अन्य मुद्रामा तेल बेच्ने कुरा गर्न तयार रहेको संकेत गरेको थियो । यसले वित्तीय बजारमा निकै कम प्रभाव पार्ने उनी बताउँछन् । साउदी अरबको मुद्रा रियाल अझैपनि डलरसँग जोडिएको छ र यसको वित्तीय सम्पत्ति धेरैजसो डलरमा छ । विश्वव्यापी रिजर्भ मुद्राको रूपमा डलरको स्थिति पैसा कसरी जम्मा गरिन्छ र कुन मुद्रामा लेनदेन गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL