Logo

११ महिनामा १३ खर्ब व्यापारघाटा, आयात निर्यात दुबै ओरालो

११ महिनामा १३ खर्ब व्यापारघाटा, आयात निर्यात दुबै ओरालो



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालले १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब बढीको वस्तु आयात र १ अर्ब ३९ अर्ब रुपैयाँको मात्रै वस्तु निर्यात गर्दा उक्त व्यापारघाटा व्यहोर्नुपरेको हो ।

चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात व्यापार दुबै ओरालो लागेको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालको आयात व्यापार १.८४ प्रतिशतले घट्दा निर्यात व्यापार ३.०१ प्रतिशतले घटेको छ । यस्तै व्यापारघाटा पनि गत आवको सोही अवधिको तुलनामा १.९५ प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.७४ प्रतिशत हुँदा आयात व्यापारको हिस्सा उच्च ९१.२६ प्रतिशत छ । कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL