Logo

सरकारको ऋण दायित्व २४ खर्ब नाघ्यो, ११ महिनामै थपियो १ खर्ब १० अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण

सरकारको ऋण दायित्व २४ खर्ब नाघ्यो, ११ महिनामै थपियो १ खर्ब १० अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण



काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म सरकारको ऋण दायित्व २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ऋण गत आर्थिक बर्षको असार मसान्तको तुलनामा १ खर्ब १० अर्ब ३४ करोड रुपैयाँले बढी हो ।

गत आर्थिक बर्षको असार मसान्तसम्म नेपालको कुल ऋण दायित्व २२ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो । चालु आवको ११ महिनामा पुगेको ऋण दायित्वमा केहि अंश सावाँ बुझाएको रकम पनि घटाईएको छ ।

यसरी २४ खर्ब रुपैयाँ नाघेको ऋण दायित्वमा १२ खर्ब १७ अर्ब २१ करोड रुपैयाँ हिस्सा बाह्य सार्वजनिक ऋणको छ भने ११ खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋणको छ । गत आवको असार मसान्तसम्म सरकारी ऋण दायित्व बाह्यतर्फ ११ खर्ब ७० अर्ब र आन्तरिकतर्फ ११ खर्ब २९ अर्ब रुपैयाँ थियो ।

यसरी हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडीपी)को आधारमा सार्वजनिक ऋणको ४२.२४ प्रतिशत पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा २०.९० प्रतिशत र बाह्य ऋणको हिस्सा २१.३४ प्रतिशत छ । यसरी उठाईएको ऋण चालु आर्थिक बर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म मात्रै ३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।

हालसम्म नेपालले भुक्तानी गर्न बाँकी ऋणलाई हाल नेपालको जनसंख्यासँग भाग गर्दा प्रत्येक नेपालीको थाप्लाेमा ८१ हजार ४ सय ३२ रुपैयाँ ऋण पर्न आउँछ । अर्थात नेपालको हालको कुल जनसंख्या २ करोढ ९५ लाख ९१ हजार ४ सय ८० हो । यहि अंकलाई जेठ मसान्तसम्म बुझाउन बाँकी रहेको २४ खर्ब ९ अर्ब रुपैयाँलाई भाग गर्दा उक्त ऋण दायित्व हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL