काठमाडौं । अर्थशास्त्री र युपीएससी अन्तर्वार्ताकार सलोनी खन्नाको पछिल्लो भनाईले अहिले सोशल मिडिया तताएको छ । उनले थोरै भ्रष्टाचार अर्थतन्त्रका लागि राम्रो हुने बताएकी छन् । एक अन्तर्वार्ताम, खन्नाले समाजमा भ्रष्टाचार र आईएएस अफिसरहरूको बारेमा कुरा गर्दै अफिसरहरूको हालको तलब अपर्याप्त रहेको पनि बताइन । खन्ना युपीएससी उम्मेदवारहरूको नक्कली अन्तर्वार्ता लिने प्यानलको एक हिस्सा रहिसकेकी छन् । उनलाई यत्तिको कडा अनुसन्धानपछि पनि कतिपय भ्रष्टहरू अधिकारी कसरी बन्लान् भन्ने प्रश्न सोधिएको थियो । के व्यवस्थाकै कारण इमान्दार व्यक्ति पनि भ्रष्ट हुन्छ ?
कुराकानीमा सलोनी खन्नाले यो अनुसन्धानको विषय मात्र नभएको बताइन् । ‘तपाईं एक घण्टा लामो अन्तर्वार्तामा एक व्यक्तिको बारेमा सबै कुरा परीक्षण गर्न सक्नुहुन्न । मान्छेले बहाना गर्दैनन् भन्ने होइन’, उनले भनिन । जागिरमा आउने सबैले समाजमा राम्रो प्रभाव पार्न उत्प्रेरित नहुने उनको भनाइ छ । उनी भन्छिन–‘धेरै कम मानिसहरु यस्ता हुन्छन् । अधिकांश मानिस स्वार्थी हुन्छन् । कसैलाई शक्ति चाहिन्छ, कसैलाई पैसाको लागि शक्ति र त्यसपछि पैसाको लागि थप शक्ति । त्यसैले यो आफैमा दुष्ट चक्र हो ।’
खन्नाले त्यसपछि आईएएस अधिकारीहरूको तलब संरचनालाई औंल्याइन । यसलाई बढाउनुपर्ने उनको सुझाव थियो । उनले भनिन–‘आज एक आईएएस अधिकारीको तलब ८० हजार देखि ९० हजार भारतीय रुपैयाँ छ । रु ८०,००० देखि ९०,००० सम्मको घर किफायती हुन सक्छ ? उनले भनिन्, ‘मैले भ्रष्टाचारलाई औचित्यपूर्ण भनेको होइन, तर भ्रष्टाचारलाई परास्त गर्न पारिश्रमिक बढाउने जस्ता उपायहरू अपनाउनुपर्छ ताकि उनीहरूले आफ्नो वास्तविक मूल्य पाउन सकून् भनेर म भन्छु ।’
कर्पोरेट क्षेत्रका मानिसले योभन्दा चारदेखि पाँच गुणा बढी आम्दानी गर्ने उनको भनाइ छ । ‘आईएएस अफिसरको काम धेरै छ । यो २४ घण्टे काम हो । त्यसकारण, उनीहरूलाई उचित तलब दिन महत्वपूर्ण छ । यो मान्न सकिन्छ । भ्रष्टाचार अधिकारीले मात्रै गर्दैन, समाजले पनि गरिरहेको हुन्छ । सिंगो समाजको मानसिकता नै भ्रष्ट छ ।’
भ्रष्टाचार कसरी हुन्छ भन्ने विषयमा प्रकाश पार्दै अर्थशास्त्रीले अधिकारीहरु मात्र भ्रष्टाचारी नभएको बताइन । ‘तर, माथि र तलका मान्छेहरू भ्रष्ट छन् वा मान्छेहरू बारम्बार आउँछन् र केही रकमका कोही भ्रष्टाचारी नभए पनि धेरै रकमको अवसर आउँछ भने तपाईं भ्रष्ट हुन सक्नुहुन्छ । त्यसपछि यसको कुनै अन्त्य छैन’, उनले भनेकी छन् ।
त्यसपछि खन्नाले थोरै भ्रष्टाचार अर्थतन्त्रका लागि राम्रो हुने तर्क गरिन । यो नैतिक रूपमा राम्रो होइन तर अर्थशास्त्रीका रूपमा भ्रष्टाचारलाई अर्थतन्त्रको चस्मा मानिन्छ । अर्थतन्त्रमा भ्रष्टाचार नहुने हो भने सबै कुरा सुस्त गतिमा अघि बढ्ने, व्यवसाय प्रभावित हुने, उत्पादकत्वमा असर पर्ने, कुल गार्हस्थ्य उत्पादनमा असर पर्ने र देशको समग्र उत्पादनमा असर पर्ने उनले बताइन । ‘अर्थशास्त्रमा हामी सिक्दछौ कि थोरै भ्रष्टाचारले अर्थतन्त्रको लागि ग्रीजको रूपमा काम गर्दछ । त्यसैले यो हुनुपर्छ । तर, मैले यसलाई प्रचार गरिरहेको छैन ,’ खन्नाले बताएकी छन् । अनुवाद गरिएको