Logo

बढ्दै कर्जाको दूरुपयोग, व्यक्तिगत कर्जा लिने बढ्दा व्यवसायिक कर्जा लिने घटे

बढ्दै कर्जाको दूरुपयोग, व्यक्तिगत कर्जा लिने बढ्दा व्यवसायिक कर्जा लिने घटे



काठमाडौं । नेपालमा पछिल्लो समय कर्जाको दूरुपयोग बढेको पाईएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ प्रतिवेदन अनुसार धेरैजसो नेपालीले व्यक्तिगत कर्जा लिनेको संख्या बढेको उल्लेख छ ।

प्रतिवेदन अनुसार पछिल्लो समय व्यवसायीक कर्जा लिने र उपभोग्य खर्चका लागि कर्जा लिने नेपालीहरुको संख्या घटिरहँदा व्यक्तिगत तथा अन्य शिर्षकमा कर्जा लिनेहरुको संख्या बढिरहेको देख्न सकिन्छ ।

प्रतिवेदन अनुसार करिव १२ बर्षको अवधिमा व्यवसायीक कर्जा लिने नेपालीको संख्यामा ६ प्रतिशत विन्दुको गिरावट आएको छ भने घरायसी उद्धेश्यले कर्जा लिनेको संख्यामा ७ प्रतिशत विन्दुको गिरावट देखिन्छ । तर यसै अवधिमा व्यक्तिगत कर्जा लिनेको संख्यामा भने करिव १२ प्रतिशत विन्दुको वृद्धि देखिन्छ ।

तथ्यांक कार्यालयका अनुसार नेपालमा सन १९९५ मा यसरी व्यक्तिगत कर्जा लिनेको संख्या २१.९ प्रतिशत थियो भने घरायसी खर्चका लागि कर्जा लिनेको संख्या ४९.४ प्रतिशत थियो । त्यसपछि सन २००३ मा व्यक्तिगत कर्जा लिनेको संख्यामा वृद्धि हुँदै २९.३ प्रतिशत पुगेको देखिन्छ । पुनः त्यसको पछिल्लो बर्ष २०१० मा करिव ४३ प्रतिशतले मात्रै यस्तो कर्जा लिनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

खासगरी व्यक्तिगत कर्जा लिएर जुनसुकै क्षेत्र र उद्देश्यमा पनि खर्च गर्न पाईने भएपछि पछिल्लो समय यो शिर्षकको कर्जामा आकर्षण बढेको देखिन्छ । यता व्यवसायीक प्रयोजनका लागि लिईने कर्जा लिनेको संख्या सन २०१० मा २६ प्रतिशत र सन १९९५ मा २८ प्रतिशत थियो । तर, हाल यो संख्या घटेर २० प्रतिशतमा झरेको छ ।

यसरी कर्जा लिनेहरुमध्ये आफन्तसँग कर्जा लिनेहरुको संख्या भने पछिल्लो १२ बर्षमा मात्रै करिव ९ प्रतिशत विन्दुले घटेको देखिन्छ । तथ्यांक कार्यालयको जीवनस्तर प्रतिवेदन अनुसार केहि साहु महाजनहरुबाट लिईने कर्जामा पनि गिरावट आएको देखिएको छ । यता बैंकहरुबाट लिईने कर्जामा भने पछिल्लो समय वृद्धि भईरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL