Logo

चीनको निर्यातमा एकाएक उछाल, विद्युतीय उपकरण र तयारी वस्तुको हिस्सा बढी

चीनको निर्यातमा एकाएक उछाल, विद्युतीय उपकरण र तयारी वस्तुको हिस्सा बढी



काठमाडौं । चीनको निर्यात द्रतरुपमा बढेपछि निर्यातकर्ताहरुले यसको दिगोपनाको खोजी सुरु गरेका छन् । अघिल्लो मे महिनाको तुलतामा यहाँको निर्यातमा ह्वात्तै वृद्धि भएको हो । यसरी निर्यात वृद्धि हुँदा निर्यातकर्ताहरुले खहरे निर्यातलाई न्यूनीकरण गर्नका लागि भन्दै विदेशी खरिदकर्ताहरुलाई आफ्नो हातमा लिने योजना बनाउन थालेका हुन् । जसले निर्यात दिगो भईरहोस ।

देशको निर्यात बिक्री दिगो छ कि छैन भन्ने बारे लामो समयसम्म सम्पत्ति संकटले घरेलु मागमा लगातार कमजोरी निम्त्याएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट मे महिनामा मात्रै वार्षिक विन्दुगत रूपमा निर्यात ७.६ प्रतिशतले बढेको भन्सार तथ्याङ्कले देखाएको छ ।

तर आयात अघिल्लो महिना ८.४ प्रतिशतले वृद्धि भएकोमा मेमा १.८ प्रतिशत सुस्त गतिमा बढेको छ, जसले घरेलु उपभोगमा आएको ह्रासलाई देखाउँछ ।

निर्यात तथ्याङ्कले अर्थशास्त्रीहरूको रोयटर्स पोलमा ६.२ प्रतिशत वृद्धि र अप्रिलमा देखाइएको १.५ प्रतिशत वृद्धिको पूर्वानुमानलाई हराएको थियो , तर अमेरिका र युरोपमा बढेको ब्याज दर र मुद्रास्फीतिले बाह्य मागलाई घटाएपछि तुलनात्मक रूपमा कम आधारले पनि सहयोग गरेको हुन सक्ने आंकलन गरिएको छ ।

गत शुक्रबारको निर्यात तथ्यांकले सम्भवतः इलेक्ट्रोनिक्स क्षेत्रमा विश्वव्यापी चक्रीय उछालले चीनको कम्पोनेन्ट र रेडिमेड वस्तुहरूको बिक्रीमा मद्दत गरिरहेको देखिन्छ ।

पछिल्ला महिनाका तथ्यांक हेर्दा चीनको अर्थव्यवस्थामा १८.६ ट्रिलियन डलरलाई हरेक क्षेत्रले एक आपसमा सहयोग गरिरहेको देखिन्छ ।

पहिलो त्रैमासिक वृद्धिले मार्चमा विगतको पूर्वानुमान र बलियो निर्यात र आउटपुट रहेको देखिन्छ । यसले विश्वव्यापी मागमा सुधारआएका कारण अर्थतन्त्रलाई थप उचाइमा पुर्याउने सकिने आंकलन छ ।

लामो समयदेखिको क्रयशक्ति सङ्कट चीनको अर्थतन्त्रमा सबैभन्दा ठूलो समस्या बनेको छ । कम लगानीकर्ता र उपभोक्ताको विश्वासले घरेलु उपभोगलाई हानि पुर्याएकोे छ र व्यापारिक गतिविधिलाई कमजोर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL