Logo

महासंघ अध्यक्ष ढकालले भने, बजेटका कारण लगानीकर्ता निरुत्साहित, अग्रिम कर र छडको अन्तशुल्कमा सरकार सम्बेदनशील भएन

महासंघ अध्यक्ष ढकालले भने, बजेटका कारण लगानीकर्ता निरुत्साहित, अग्रिम कर र छडको अन्तशुल्कमा सरकार सम्बेदनशील भएन



काठमाडौं । सरकारले हरेक वर्ष बजेट र आर्थिक विधेयकमार्फत करका दरहरुमा परिमार्जन गर्दा लगानी निरुत्साहित हुँदै गएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । महासंघमा मंगलबार आयोजित राजस्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको वताएका हुन् ।

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको बताउँदै भूतपभावी कानुन, करका दरहरुमा हुृने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजस्व समेत अपेक्षित रुपमा उठन नसकेको उनको भनाइ थियो । यसैगरी उनले आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरुको उपस्थितिमा कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तशुल्कका बिषय आउन थालेको विवाद र नयाँ करका दरहरु लगायतका बिषयमा सरकार सम्बेदनशील हुनपर्ने वताए ।

उक्त छलफलमा महासंघका सदस्य जिल्ला नगर, वस्तुगत, द्धिराष्टिय र एसोसिएट गरि एक सय भन्दा बढि सदस्यहरुको सहभागिता रहेको थियो । यस बर्षको बजेटमा गरिएको व्यवस्थाले व्यवसायमा परेको प्रभावबारे व्यवसायीहरुले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL