Logo

उद्योगी र बैंकरलाई गभर्नरले भने : लचिलो गरी मौद्रिक नीति आउँछ, बैंकले ठिक ठाउँमा लगानी गर्नुपर्छ

उद्योगी र बैंकरलाई गभर्नरले भने : लचिलो गरी मौद्रिक नीति आउँछ, बैंकले ठिक ठाउँमा लगानी गर्नुपर्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीति लचिलो आउने बताएका छन् । आईतबार इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राख्नेगरी लचिलो नीति ल्याउन लागेको बताए ।

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा रहेको बताउँदै यो बर्षबाट एक सल्लाहकार समिति राखेको र यसले मौद्रिक नीतिमा सबै क्षेत्रको समस्या र समाधान समेट्ने उनले बताए ।

वित्तीय क्षेत्रको नीतिमा हामीले केहि फरक गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । नीतिगत दर, कर्जाको ब्याजदरलगायतका कुरामा आगामी मौद्रिक नीतिले केहि समेट्ने उनले बताए ।

यसपटकको बजेटमा ईमान्दारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजाने सकिन्छ भन्ने कुरालाई मुख्य जोड दिईएको उनको भनाई छ । गत बर्ष भएका समस्यालाई यो बर्ष कसरी समाधान गर्न सकिएला भन्ने कुराहरुलाई पनि जोड दिईएको उनले बताए । कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको उनले बताए ।

बजेटमा बजेट ल्याउनेले सबै कुरा ठिक र विपक्षिमा भएकाले सबै बेठिक भनिरहेको देख्न सकिने उनले बताए । बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफु ढुक्क रहेको उनले बताएका छन् ।

यसपल्टको बजेटमा विकासको हुटहुटी र निजी क्षेत्रलाई सँगै लिएर जाने हुटहुटी देखिनेपनि उनले बताए । यस्तै उनले राष्ट्र बैंकले गरेका केहि सुधारका क्रियाकलापहरुमा ज्यादै नै अब्जेक्सन हुनेगरेको बताउँदै यस्ता कुरामा अब्जेक्सन नगरिदिन बैंकरहरुलाई आग्रह गरेका छन् । यस्तो हुँदा लगानी नराम्रो स्थानमा जाने जाने र कर्जा दूरुपयोग बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL