Logo

विश्वका धनीहरूको सूचीमा उथलपुथल, अमेजनका मालिक बेजोस नम्बर एकमा आउँदा को कहाँ पुगे ?

विश्वका धनीहरूको सूचीमा उथलपुथल, अमेजनका मालिक बेजोस नम्बर एकमा आउँदा को कहाँ पुगे ?



काठमाडौं । विश्वका धनीहरुको सूचीमा ठूलो उथलपुथल देखिएको छ । अमेरिकाको अग्रणी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । उनी फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बुधबार बेजोसको कुल सम्पत्ति १४७ मिलियन डलरले घट्यो तर, अर्नाल्टले ६.७३ बिलियन डलर गुमाए । जसका कारण अर्नाल्टको नेटवर्थ २०३ बिलियन डलरमा झरेको छ भने बेजोस २०५ बिलियन डलरको साथ नम्बर एक बनेका छन् । यसवर्ष, अर्नाल्टको कुल सम्पत्ति ४.३६ बिलियन डलरले घटेको छ, जबकि बेजोसको कुल सम्पत्ति २७.९ बिलियन डलरले बढेको छ ।

बुधबार विश्वका शीर्ष १० अर्बपतिको नेटवर्थमा गिरावट आएको छ । टेस्लाका सीईओ एलोन मस्क २०२ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् ।

मेटाका सीईओ मार्क जुकरबर्ग (१६९ बिलियन डलर) चौथो, ल्यारी पेज (१५६ बिलियन डलर) पाँचौ, बिल गेट्स (१५२ बिलियन डलर) छैटौं, स्टिभ बाल्मर (१४८ बिलियन डलर) सातौं, सेर्गेई ब्रिन (१४७ बिलियन डलर) आठौं, ल्यारी एलिसन (१३८ बिलियन डलर) र वारेन बफेट (१३३ बिलियन डलर) दशौं स्थानमा छन् । यस सूचीमा ११ नम्बरमा रहेका माइकल डेलको नेटवर्थ बुधबार ४ अर्ब १९ करोड डलरले बढेर १२३ अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ४४.७ बिलियन डलरले बढेको छ ।

यसैबीच, भारत र एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थमा पनि गिरावट आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्षको नेटवर्थ १.५३ बिलियन डलरले घट्दा अम्बानी ११० अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति १३.८ बिलियन डलरले बढेको छ ।

यस्तै अदानी समूहका अध्यक्ष गौतम अडानी १०६ अर्ब डलरको कुल सम्पत्तिका साथ यस सूचीमा १३ नम्बरमा छन् । बुधबार, उनको कुल सम्पत्ति ७९.५ मिलियन डलरले घट्यो । तर, यो वर्ष उनको कुल सम्पत्ति २१.७ बिलियन डलरले बढेको छ । यसैबीच, एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन ह्वाङ विश्वका धनी व्यक्तिको सूचीमा १५ औं स्थानमा पुगेका छन् । यस वर्ष उनको कुल सम्पत्ति ५६.८ बिलियन डलरले बढेको छ र १०१ बिलियन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL