Logo

गुगलले फ्लिपकार्टमा गर्यो ४६ अर्ब बढीको लगानी, ई-कमर्स क्षेत्रमा प्रतिस्पर्धा थप बढने

गुगलले फ्लिपकार्टमा गर्यो ४६ अर्ब बढीको लगानी, ई-कमर्स क्षेत्रमा प्रतिस्पर्धा थप बढने



काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा ३५० मिलियन डलर अर्थात लगभग ४६ अर्ब रुपैयाँ बढी लगानी गरेको छ । फ्लिपकार्टद्वारा हालै आयोजित १ अर्ब डलर (करीब १ खर्ब ३३ अर्ब रुपैयाँ) हासिल गर्ने लक्ष्यअन्तरगतको फन्डिङ राउन्डमा गुगलले यो लगानी गरेको हो ।

फ्लिपकार्टले यो राउन्ड २०२३ मा सुरु गरेको थियो । यससँगै गुगल फ्लिपकार्टको पार्टनर बनेको छ । यससँगै फ्लिपकार्टले अब अमेजन, मीशो, जिओ मार्ट और टाटा डिजिटलका लागि भारतीय ई–कमर्स क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गर्न सक्ने बताइएको छ । यसका कारण भारतको ई–कमर्स क्षेत्रमा ठूलो परिवर्तन देख्न सकिने आँकलन पनि गरिएको छ ।

फ्लिपकार्टले वर्तमान फन्डिङ राउन्डमा कोष जुटाउन एक अर्ब डलर उठाउँदैछ । फ्लिपकार्टले आफ्नो मूल कम्पनी र अमेरिकी रिटेल विशाल वालमार्टबाट ६०० मिलियन डलरको वित्तीय सहयोगको आश्वासन पनि प्राप्त गरेको छ । लगानी सर्तहरूबारे जानकारका अनुसार यो लगानी राउन्डले फ्लिपकार्टको मूल्य ३५–३६ बिलियन डलर पुगेको छ । जुन गत वर्ष फोनपे समूहबाट अलग भएपछि ३३ बिलियन थियो ।

फ्लिपकार्टमा अमेरिकी रिटेल कम्पनी वालमार्टको ८५% हिस्सेदारी छ । गत वर्ष सुरु भएको कोष अभियानमा वालमार्टले ६० करोड डलर लगानी गरिसकेको छ । ‘गुगलको प्रस्तावित लगानी र क्लाउड सहकार्यले फ्लिपकार्टलाई आफ्नो व्यवसाय बढाउन र देशभरका ग्राहकहरूलाई सेवा दिन यसको डिजिटल पूर्वाधारलाई आधुनिकीकरण गर्न मद्दत गर्नेछ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

फ्लिपकार्टले पूँजीको ठूलो हिस्सा आफ्नो क्विक कमर्श व्यवसायमा लगानी गर्न प्रयोग गर्नेछ जुन जुलाईमा सुरु हुने योजना छ । यो आशा गरिएको छ कि फ्लिपकार्टले आगामी हप्तामा केही छानिएका स्थानहरूमा यो सेवाको परीक्षण सुरु गर्नेछ र विस्तारैे सबै ग्राहकहरूलाई खुला गर्नेछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL