Logo

माइक्रोसफ्टको जागिर छोडेर चश्माको व्यापार, यसरी खडा गरे पियुषले २ खर्बको ‘लेन्सकार्ट’

माइक्रोसफ्टको जागिर छोडेर चश्माको व्यापार, यसरी खडा गरे पियुषले २ खर्बको ‘लेन्सकार्ट’



काठमाडौं । भनिन्छ, सफलता हासिल गर्न धेरैपटक जोखिम मोल्नुपर्छ । जोखिम मोल्नेले मात्र इतिहास रच्छन् । लेन्सकार्ट कम्पनीका संस्थापक पियुष बन्सलले पनि यस्तै जोखिम उठाए र आज उनी सफलताको उचाईमा छन् । पियुष बन्सलले माइक्रोसफ्टमा आफ्नो आकर्षक जागिर छोडेर व्यापार थालेका थिए ।

आज उनको कम्पनी लेन्सकार्ट चस्मा उत्पादन गर्ने विश्वका कम्पनीहरूमध्ये ठूलो ब्राण्ड बनेको छ । आज पियुषले यही व्यवसायबाट अर्बौ रुपैयाँ कमाइरहेका छन् । पियुष शार्क ट्यांक इन्डियामा जजको रुपमा पनि धेरै हेडलाइन बनेका छन् । सन् २०१० स्थापित लेन्सकार्ट आज आज अर्बौं डलरको कम्पनी बनेको छ । पियुषले आफ्नो मिसन र भिजनले कम्पनीलाई धेरै सफल बनाएका छन् । तर, यो यात्रा त्यति सहज थिएन । पियुषले पनि धेरै पटक अप्ठ्यारोको सामना गर्नुपरेको थियो । पियुष बन्सलले कसरी यति धेरै सफलता हासिल गरे ? यस्तो छ उनको व्यवसायिक यात्रा :

माइक्रोसफ्टको जागिर छाडे

पियुष सन् २००७ सम्म अमेरिकाको माइक्रोसफ्ट कम्पनीमा राम्रो प्याकेजको जागिरमा कार्यरत थिए । राम्रो तलब भए पनि पियुष केही फरक गर्न चाहन्थे । उनले २००७ मा आफ्नो देश भारत फर्कने र आफ्नो सपना पूरा गर्ने निर्णय गरे । पियुषले माइक्रोसफ्टमा एक वर्षभन्दा कम समय काम गरेपछि जागिर छाडेका थिए । उनको यो निर्णयले परिवार र साथीहरु अचम्ममा परेका थिए, । तर, धेरै सम्झाएपछि पनि उनी मानेनन् र भारत फर्किए ।

भारतको बजार बुझ्नको लागि उनले क्लासिफाइड वेबसाइट ‘सर्च माई क्याम्पस’ सुरु गरे । यहाँ विद्यार्थीहरूलाई पुस्तकहरू, पार्टटाइम कामहरू र कारपुल जस्ता चीजहरू खोज्न मद्दत मिल्थ्यो । पियुषले तीन वर्षसम्म यो प्रोजेक्टमा काम गरिरहे । यसमार्फत उनले भारतीय ग्राहकको व्यवहार र आवश्यकताहरू राम्रारी बुझे ।

यसरी भयो लेन्सकार्टको सुरुवात

तीन वर्षसम्म ग्राहकको आवश्यकता बुझेपछि पियुषले विभिन्न वेबसाइटहरू सुरु गरे । यी मध्ये एक थियो आँखाको पहिरन अर्थात आइवेयर । बाँकी तीन कम्पनीले युवालाई लक्षित गरी गहना, घडी र झोला बनाएका थिए । तर, आइवियरमा आएको प्रतिक्रिया देखेर उनले चश्मामा ध्यान केन्द्रित गरे र यहींबाट लेन्सकार्ट सुरु भयो ।

पियुषले आफ्नो पूरा ध्यान चश्मामा केन्द्रित गर्दै देशका साना तथा ठूला सहरहरूमा आउटलेट खोल्न थाले, जहाँ हरेक दायराका चस्माका साथै आँखा जाँचको सुविधा पनि उपलब्ध गराइएको थियो । साथै, उनले चस्माहरू अनलाइन बजारमा बेच्न थाले । पियुषको यो अनौठो कन्सेप्ट देखेर उनले धेरै लगानीकर्ताको साथ पाए । बिस्तारै उनको कम्पनी सफलताको दिशामा अघि बढ्न थाल्यो । सन् २०१९ मा, लेन्सकार्ट १.५ बिलियन डलर (करीब २ खर्ब नेपाली रुपैयाँ) को मूल्यांकनको साथ युनिकर्न बनेको थियो । आज पियुषले यो कम्पनीबाट करोडौं रुपैयाँ कमाइ गरिरहेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL